• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

सर्वाेच्चकाे एक अन्तरिम आदेश, जसका कारण राज्यकाे ४ अर्ब जाेखिममा

64x64
नेपाल लाइभ शुक्रबार, असार ६, २०७६  १५:००
1140x725

काठमाडौं- सर्वोच्च अदालतको अन्तरिम आदेशकै कारण सरकारको ४ अर्बभन्दा बढी रकम डुब्ने निश्चित जस्तै भएको छ। सर्वोच्चको अन्तरिम आदेशपछि सवारीसाधनमा जडान सुरु भएको उच्च प्रविधिको ‘इम्बोस्ड नम्बर प्लेट जडान’ कार्य १६ महिनादेखि अन्योलमा परेको छ। प्लेट जडान कार्यमा अन्योल आएसँगै लागत रकमको ९५ प्रतिशत रकम डुब्ने निश्चित भएको हो।

यातायात व्यवस्था विभागले २०७३ बैसाखमा ४ अर्ब ७८ करोड ७७ लाख रुपैयाँमा ५ वर्षभित्र देशभरका २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने गरी सम्झौता गरेको थियो। विभागले ग्लोबल टेन्डरमार्फत बंगलादेश र अमेरिकी संयुक्त कम्पनी ‘डेकाटुर टाइगर’लाई जिम्मा दिएको थियो। इम्बोस्ड नम्बर प्लेट जडानको सम्झौता भएको करिब १६ महिनापछि मात्रै तत्कालीन बागमती अञ्चलमा दर्ता भएका सरकारी र निजी सवारीसाधनमा कम्पनीले प्लेट जडान थालेको थियो।

प्लेट जडान सुरु भएलगतै देश संघीय राज्य व्यवस्थाका गइसकेको अवस्थामा अञ्चलकै नामबाट प्लेट जडान सुरु भएको भन्दै विरोध भयो। विरोधपछि विभागले निर्माण कम्पनीसँगको सहकार्यमा प्रदेशकै नाममा प्लेट जडान सुरु गरेको थियो। प्रदेशको नाममा प्लेट जडान सुरु भएपछि पनि प्लेटमा अंग्रेजी अंक प्रयोग गर्दै राष्ट्रिय पहिचान मेटिएको भन्दै फेरि विरोध सुरु भयो। जुन विरोध अदालतसम्म पुग्यो। विभागले झन्डै ५ हजारभन्दा बढी सवारीमा प्लेट जडान गरिसकेको अवस्थामा भरत बस्नेतले इम्बोस्ड नम्बर प्लेट वितरण तत्कालका लागि बन्द गर्न माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरे। बस्नेतले दिएको रिटको सुनुवाइ गर्दै तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले तत्काल इम्बोस्ड नम्बर प्लेट जडान स्थगित गर्ने अन्तरिम आदेश दिए।

पराजुलीको आदेशकै कारण सरकारको ४ अर्ब रुपैयाँ डुब्ने अवस्थमा पुगेको छ। अन्तरिम आदेश जारी गर्दै सर्वोच्चले विभागसँग लिखित जवाफ मागेको थियो। विभागका तत्कालीन महानिर्देशक रुप नारायण भट्टराईले पनि एक सातामा कानुनी परामर्श गर्दै लिखित जवाफ पेस गरेका थिए। विभागले इम्बोस्ड नम्बर प्लेट जडानका लागि ग्लोबल टेन्डर हुँदा नै अंग्रेजी अंक राख्ने गरी भएको हुँदा सोहीअनुरुप कार्य अगाडि बढेको जवाफ दिएको थियो।

विभागले लिखित जवाफ दिएको पनि १६ महिना हुन लागिसकेको छ। तर, अदालतले मुद्दाको किनारा नलगाउँदा ४ अर्ब रुपैयाँ प्रोजेक्टको लागतदेखि समयसमेत बढ्ने निश्चित भएको छ। लागत बढ्ने मात्रै नभएपछि निर्माण कम्पनीलाई कुल लागतको ९५ प्रतिशत रकम दिनुपर्ने अवस्थमा आएको छ। निर्माण कम्पनीसँगको सम्झौता सर्तमा कम्पनीले काम नगर्न नसकेको अवस्थामा अन्तर्राष्ट्रिय नियम अनुसार क्षतिपूर्ति तिर्ने र नेपाल सरकारको तर्फबाट काम हुन नसकेको अवस्थामा ९५ प्रतिशत रकम भुक्तानी हुने उल्लेख छ।

Ncell 2
Ncell 2
nimb
nimb

यस विषयमा बुझ्दा अदालतलमा विचाराधीन रहेको मुद्दाको विषयमा आफूहरुले केही गर्न नसक्ने विभागको भनाइ छ। 'अदालतलको आदेश आएलगतै काम अगाडि बढ्छ,' विभाग स्रोतले भन्यो, 'अदालतमा लामो समयदेखि मुद्दा विचाराधीन रहँदा लागत त अवश्य बढ्छ नै।'

प्लेट जडानका लागि निर्माण कम्पनीसँग ५ वर्षको समय सीमा राखेर सम्झौता भएको थियो। अवरोधकै कारण इम्बोस्ड नम्बर प्लेट जडान गर्न नसकेको अवस्थामा विभागले आफूहरुलाई थप विलम्ब शुल्क दिनुपर्ने निर्माण कम्पनीको दाबी छ।

इम्बोस्ड नम्बर प्लेट जडानको विषय महालेखाको ५६ औं वार्षिक प्रतिवेदनमा समेत समावेश भइसकेको छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083
  • महालेखाको प्रतिवेदनमा भनिएको छ–

‘इम्बोस्ड नम्बर प्लेट–पच्चीस लाख सवारीसाधनमा इम्बोस्ड नम्बरप्लेट जडान कार्य गर्न एक अन्तर्राष्ट्रिय सप्लायर्ससँगअमेरिकी  डलर  ४  करोड  ३७  लाख  ८७  हजार  ५०० (रु. ४ अर्ब ७८ करोड  ७७ लाख) को सम्झौता भएकोमा कार्यतालिका अनुसार २०७५ चैत्रसम्म १३ लाख ७७ हजार ५०० सवारीसाधनमा नम्बर प्लेट राख्नुपर्नेमा ४ हजार ४०३ (०.३२ प्रतिशत) मात्र कार्य सम्पन्न गरेको छ। नेपालको  संविधानमा  देवनागरी  लिपिमा  लेखिने  नेपाली  भाषा  सरकारी  कामकाजको  भाषा  हुने व्यवस्था भए पनि सवारीसाधनको इम्बोस्ड नम्बर प्लेटमा अक्षर र अंक अंग्रेजी भाषामा हुने गरी सम्झौता गरेको छ। इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा उल्लेख गर्ने विषय संवैधानिक व्यवस्था विपरीत भएकोले वितरण नगर्न सर्वोच्च अदालतबाट आदेश भई वितरण कार्य स्थगित रहेको छ। आपूर्तिकर्तासँग  भएको  सम्झौतामा  ५  वर्षमा  २५  लाख  सवारीसाधनमा  इम्बोस्ड  नम्बर  प्लेट  सप्लाई गरी  पर्सनालाइज्ड  गर्नुपर्ने र  उक्त  समयभित्र कार्य  पूरा  नभए  पनि  सम्झौता  रकमको  ९५  प्रतिशत  रकम भुक्तानी  गर्ने  शर्त  रहेको  छ।  यसबाट  कार्यावधि  सकिन  लाग्दा  समेत  पर्सनालाइज्ड  कार्य  हुन  नसकेकोले ४ अर्ब ५४ करोड २ लाख अतिरिक्त दायित्व सिर्जना हुने स्थिति रहेकोले काम नभएको अवस्थामा उक्त रकम भुक्तानी नगर्ने व्यवस्था गर्नुपर्दछ। खरिद  सम्झौतामा  पर्सनलाइज्ड  सेन्टर सञ्चालनलगायत  सप्लायर्सको  कार्यालयमा प्रयोग  भएको बिजुलीको भुक्तानी सप्लायर्सले गर्नुपर्ने व्यवस्था रहेकोमा विभागले ट्रान्सफरमर खरिद, लाइन जडान र विद्युत महसुल समेत रु १६ लाख २३ हजार भुक्तानी गरेकोले सो रकम सप्लायर्सबाट असुल हुनुपर्दछ।’

प्रकाशित मिति: शुक्रबार, असार ६, २०७६  १५:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध शनिबार, कात्तिक ७, २०८३
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु शनिबार, कात्तिक ७, २०८३
कस्तो छ आजको मौसम? शनिबार, कात्तिक ७, २०८३
ट्रम्पको चेतावनी : इरानमाथि फेरि सैन्य आक्रमण हुन सक्छ शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
भारत भ्रमणले राजनीतिक सरगर्मी बढाएसँगै रविको स्पष्टोक्ति– जेलमा रहँदाको भाकल पूरा गर्न जाँदैछु शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्