एजेन्सी– अर्जेन्टाइन फुटबल टिम यतिबेला एक सर्मनाक लज्जाबाट उन्मूलनको खोजीमा छ। टिम कप्तान लियोन मेसीले यो बुझेका छन् कि टिममा व्यापक सुधारको आवश्यकता छ, त्यो पनि तुरुन्तै।
लज्जाबाट केही राहत पाउन अर्जेन्टिनाले आइतबार हुने पाहुना टोली कतारलाई जसरी पनि हराउनुपर्नेछ। यदि अर्जेन्टिनाले कतारलाई हराउन सकेमा सन् १९८३ पछिको खराब प्रदर्शन अर्जेन्टिनाले टार्न सक्छ। होइन भने अर्जेन्टिना १९८३ पछि दक्षिण अमेरिका प्रतियोगिताबाट पहिलो पटक समूह चरणबाटै आउट हुन सक्छ।
बुधबार पाराग्वेसँग १–१ बराबरी खेलेपछि मेसीले भने, ‘अर्जेन्टिना नकआउट चरणमा प्रवेश गरेन भने योभन्दा लज्जाको विषय अरु हुन सक्दैन। हामीले हाम्रो टिमको खुबीलाई हेर्नुपर्छ। तर हामीले हाम्रो लय पछ्याउन सकेका छैनौं’
समूह 'बी'मा कोलम्बिया ६ अंकसहित समूहको शीर्ष स्थानमा छ। २ अंक जोडेको पाराग्वे दोस्रो र १–१ अंक जोडेका कतार र अर्जेन्टिना क्रमश: तेस्रो र चौथो स्थानमा छन्। कतारले पहिलो पटक कोपा अमेरिका प्रतियोगितामा भाग लिएको हो।
नकआउट चरणमा प्रवेश गर्न नसकेका ३ समूहका उत्कृष्ट २ टिमलाई अर्को चरणमा प्रवेश गर्न मौका छ। जसकारण पनि अर्जेन्टिनाले कतारलाई हराउनैपर्छ।
‘हामी भाग्यमानी छौं र अझै जीवितै छौं,’ अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले भने। कोपा अमेरिकामा भएका दुई खेलको प्रदर्शनबाट अहिले स्कालोनीको पनि चर्को आलोचना भइरहेको छ। त्यसलाई बचाउ गर्दै स्कालोनीले भने, ‘मलाई आशा छ, अब हामी हाम्रो लय समात्छौं।’
पाराग्वेले पाएको पेनाल्टी अर्जेन्टिनाका गोल रक्षक फ्रान्को अर्मानीले नरोको भए अर्जेन्टिना झनै नाजुक अवस्थामा पुग्थ्यो। अर्मानीले नै पेनाल्टी राकेपछि १–१ को बराबरी खेल्दै अर्जेन्टिना १ अंक जोडन सफल भयो। जसकारण नकआउट चरणका लागि छनोट हुने अर्जेन्टिनाको आशा जीवितै बन्यो।
एसियन च्याम्यिन्ससमेत रहेको कतारले अनुभव बटुल्दै कोपा अमेरिका खेलमा निखार ल्याउँदै गएको छ। जसकारण अर्जेन्टिनाले कतारसँगको खेल त्यति सहज हुने देखिँदैन।
कोपा अमेरिकाको आफ्नो पहिलो खेलमा पाराग्वेसँग २–० ले पछि परेको स्थितिसमेत उल्ट्याएर कतारले बराबरी खेलेको थियो। कोलिम्बयालाई समेत कडा चुनौती दिएको कतार १–० को झिनो गोल अन्तरले पराजित भएको थियो। जबकि अर्जेन्टिनाले आफ्नो पहिलो खेलमा कोलम्बियासँग २–० ले हारेको थियो।
‘मलाई विश्वास छ कि हामी समूह चरणको अन्तिम खेलमा जित निकाल्छौं,’ अर्जेन्टिनाका कप्तान मेसीले भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।