गाईघाट– उदयपुरको त्रियुगा नगरपालिकाको कार्यालय अगाडि कुकर बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ। कपडाको झोलाभित्र उक्त शंकास्पद वस्तु फेला परेको हो।
नगरपालिकाको कर्यालय सरसफाइ गर्ने टोलीले उक्त वस्तु फेला पारेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी वीरबहादुर बुढामगरले बताए। ‘बम हो/होईन एकिन भएको छैन,’ उनले भने– ‘हामीले नेपाली सेनाको टोली बोलाएका छौं, आएपछि पत्ता लाग्छ।’
नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले उक्त शंकास्पद वस्तु राखेको हुन सक्ने प्रहरीको अनुमान छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।