काठमाडौं– नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भ्रातृ संगठन रेड योङ फोर्सका केन्द्रीय अध्यक्ष बाबुराम राई (विवश)लाई प्रहरीले पक्राउ गरेको छ।
३७ वर्षीय राईलाई प्रहरीले संखुवासभाको खाँदबारीबाट बिहीबार दिउँसो पक्राउ गरेको हो।
संखुवासभा पाँचखपन नगरपालिका–४ बाना घर भएका उनी मोरङ कानेपोखरी गाउँपालिका–४ रमाइलो भन्ने ठाउँमा बस्दै आएका थिए।
राई बम विष्फोट, आगजनी र संगठित अपराधमा फरार अभियुक्त भएको प्रहरीले जनाएको छ। उनीमाथि जिल्ला प्रहरी कार्यालय संखुवासभाले अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।