काठमाडौं– नेपाली लेग स्पिनर सन्दीप लामिछाने र अलराउन्डर सोमपाल कामी क्यानडाको ग्लोब टि–२० लिग खेल्न छनोट भएका छन्। उक्त लिग खेल्न सन्दीप दोस्रो पटक छनोट भएका हुन् भने सोमपाल पहिलो पटक विदेशी लिग खेल्न छनोट भएका हुन्।
यसअघि सन्दीप बाहेक अरु नेपाली खेलाडी विदेशी लिगका लागि छनोट भएका थिएनन्।
सन्दीपले गत वर्ष मोन्टरियल टाइगर्सको लागि खेलेका थिए। यसपटक भने उनलाई टोरोन्टो नेसन्सले अनुबन्ध गरेको छ। सोमपाललाई भने विन्नीपिग हक्सले अनुबन्ध गरेको छ।
उक्त लिग जलाई २५ देखि अगस्ट ११ सम्म क्यानडामा हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।