एजेन्सी– कोपा अमेरिका फुटबल प्रतियोगितामा उरुग्वे र जापानले २–२ को बराबरी खेलेका छन्। दुई पटकसम्म लिएको अग्रता जोगाउन नसक्दा जापान उरुग्वेसँग अंक बाड्न बाध्य भएको छ।
जापानका लागि दुई वटै गोल कोजी मियोसीले गरे। खेलेको २५ औं मिनेटमा मियोसीले गोल गरेका थिए।
लगत्तै त्यसको ३२ औं मिनेटमा उरुग्वेले पेनाल्टी पायो। स्ट्राइकर इडिसन काभानीलाई डिबक्सभित्र फउल गरेपछि उरुग्वेले पेनाल्टी पाएको थियो। पेनाल्टीमा लुइस स्वारेजले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए। पहिलो हाफ १–१ बराबरीमा सकियो।
दोस्रो हाफमा पनि पाहुना टोली जापानले नै अग्रता लियो। ५९ औं मिनेटमा मियोसीले नै व्यक्तिगत दोस्रो गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए। जापनाको उक्त अग्रता धेरै बेर टिक्न सकेन। ६६ औं मिनेटमा कर्नर बललाई हेडमार्फत जोसे गिमेन्जले गोल गर्दै २–२ को बराबरीमा ल्याए। खेल बराबरीमै सकियो।
योसँगै समूह सीमा रहेका जापान र उरुग्वे १–१ अंक बाँडेका छन्। उरुग्वे ४ अंकसहित शीर्ष स्थानमा छ। १ खेल कम खलेको चिलीको ३ अंक छ भने १ अंकसहित जापान तेस्रो र अंकबिहिन इक्वेडर पुछारमा छ। अर्को चरण प्रवेश गर्ने सम्भावना जापानको जीवितै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।