काठमाडौं- कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा प्रतिनिधी सभा सदस्य राधा ज्ञवालीको अभिव्यक्तिप्रति आदिवासी जनजातिले समुदायले आपत्ति जनाएका छन्।
असार २ गतेको बैठकमा सांसद ज्ञवालीले आदिवासी थारु जाति/समुदायको अस्मिता र पहिचानमा गम्भीर ठेस पुग्नेगरी अभिव्यक्ति दिएको भन्दै प्रेस विज्ञप्तीमार्फत् आदिवासी जनजाति संगठनहरुले आपत्ति जनाएका हुन्।
सांसद ज्ञवालीले ‘तराईको अधिकांश जग्गा चौधरीको नाममा रहेको र उनीहरु भारतीय नागरिक हुन्’भन्ने अभिप्रायको अभिव्यक्ति दिएकी थिइन्।
थारु कल्याणकारिणी सभा, थरुहट/थारुवान संघर्ष समिति, थारु नागरिक समाज, नेपाल राना थारु समाज, मुक्त कमैया समाज, थारु पत्रकार संघ, थारु महिला सञ्जाल, थारु महिला सभा, थारु विद्यार्थी समाज कैलालीले संयूक्त रुपमा विज्ञप्ति जारी गरेर धारणाप्रति ध्यानाकर्षण भएको जनाएका छन्।

‘मुलुकको राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक आदि रुपान्तरणमा उल्लेख्य एवम् महत्वपूर्ण भूमिका खेल्दै राष्ट्रिय स्वाधिनता र राष्ट्रिय अखण्डताको लागि संर्घष गर्दै आएका आदिवासी थारु (चौधरी) जातिलाई सामन्ती जमिन्दार सोच प्रवृत्तिका हुन् भन्ने अभिप्रायले जग्गा जमिनको मालिक भएको र उनीहरु भारतीय हुन् भनी दिएको धारणाप्रति थारु संघ संस्था गम्भीर आपत्ति व्यक्त गर्दै घोर भर्त्सना गर्दछौं,’विज्ञप्तिमा भनिएको छ।
उनीहरुले ज्ञवाली सो धाराणा फिर्ता लिनु पर्ने र सार्वजनिक रुपमा अबिलम्ब माफी माग्न आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।