• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

६ खर्ब ३० अर्बमा पुनर्निर्माण सम्पन्न गर्ने प्रतिबद्धता

64x64
नेपाल लाइभ बिहीबार, असार ५, २०७६  २०:४९
1140x725

काठमाडौं-  दातृ निकाय तथा विकास साझेदार संस्थाले विपद्पछिको पुनर्निर्माण र पुनर्स्थापनासम्बन्धी पञ्चवर्षीय योजनामा संशोधित कार्यक्रम र वित्तीय योजना अनुसार अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

२०७३ साल वैशाखमा तयार पारिएको विपद्पछिको पुनर्निर्माण र पुनर्स्थापना सम्बन्धी पञ्चवर्षीय योजनाले पुनर्निर्माण र पुनर्स्थापनाका लागि ९ खर्ब ३८ अर्ब रुपैयाँ लाग्ने आँकलन गरेको थियो। 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण विकास सहायता तथा सहजीकरण समितिको बिहिबारको बैठकले प्राधिकरणले पेश गरेको नेपालको पुनर्निर्माण र पुनर्स्थापनामा ६ खर्ब ३० अर्ब रुपैयाँ लाग्ने संशोधित अनुमान र कार्यक्रम कार्यान्वयन गर्ने प्रतिबद्धता गरेको हो।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बजेटको सीमालाई ध्यान दिएर खानेपानी, सडक, पुल लगायत सरकारका नियमित निकायहरुबाट गरिने पुनर्निर्माण र गैरसरकारी संस्थाहरुबाट गरिने पुनर्निर्माणको बजेट कटाइ प्राधिकरणमार्फत गरिने पुनर्निर्माणमात्र कार्यक्रम मात्र समावेश गर्दा उक्त संशोधित बजेट तयार भएको जानकारी दिए।

प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७५/०७६ को अन्त्यसम्म २ खर्ब ९१ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ। आगामी आर्थिक वर्षका लागि १ खर्ब ४१ अर्ब रुपैयाँ विनियोजन गरिएको छ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुनर्निर्माण तथा पुनर्स्थापनामा ‘फाइनान्सियल ग्याप’ रहेको भन्दै थप स्रोत जुटाउनका लागि अर्थमन्त्रालय र दातृ निकायहरुसँग परामर्श जारी रहेको बताए।

सुरक्षित नेपाल निर्माणका लागि राष्ट्रिय भवन आचारसंहितालाई संशोधन गर्दै स्थानीय तहसम्म लागू गर्नुपर्नेमा बैठकले जोड दिएको छ।

साथै नेपालले पुनर्निर्माण तथा पुनर्स्थापना प्राप्त गरेको उपलब्धी, अनुभव र सिकाईलाई अन्तर्राष्ट्रिय समुदायसँग पुर्याउन आगामी वर्ष पुनर्निर्माण र पुनर्स्थापना सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गरिने भएको छ। ‘दातृ निकायहरु समेतको सहयोगमा अन्तर्राष्ट्रिय क्षेत्रमा नमूनायोग्य काम भएका छन्। ती कार्यहरुलाई स्थापित गर्न र सिकाइको आदानप्रदानका लागि अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएका हौं। वित्तीय स्रोत जुटाउनका लागि सम्मेलन गर्न लागिएको होइन’ प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भने।

Ncell 2
Ncell 2
nimb
nimb

‘पुनर्निर्माण उल्लेखनीय’      

बैठकमा विश्व बैंकका एक्टिङ कन्ट्री म्यानेजर केने एजेमेनारीले विभिन्न प्रतिकूलताका बाबजुद पुनर्निर्माणमा जुन प्रगति हासिल भएको छ, त्यो उल्लेखनीय रहेको बताए। 

युरोपेली युनियनका हेड अफ कोअपरेसन ओभिडियो माइकले पुनर्निर्माणको क्षेत्रमा हासिल गरेको प्रभावकारी प्रगतिका लागि पुनर्निर्माण प्राधिकरण नेतृत्वलाई बधाई दिए।

भारतीय राजदूतावासका डेपुटी चिफ अफ मिसन डा. अजयकुमारले नेपालको पुनर्निर्माणमा भारत सरकारले प्रतिबद्धता गरेको अनुदान तथा ऋण सहयोगका परियोजनाहरुलाई अगाडि लैजान काम गरिरहेको जानकारी दिएका थिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

चिनियाँ राजदूतावासका प्रतिनिधि लुअ सुआईले चीन सरकारले अन्तर्राष्ट्रिय पुनर्निर्माण सम्मेलनमा प्रतिबद्धता गरेअनुसार पुनर्निर्माणका कार्यहरु भइरहेको बताए।

बेलायती सहयोग नियोग (डिफिड)को पुनर्निर्माणका विभागका टिम लिडर लियोनार्ड टेडले जोखिममा परेका वर्गका भूकम्पपीडितहरुतर्फ ध्यान दिन सुझाव दिँदै त्यसमा सहयोग गर्न तत्पर रहेको बताएका थिए।

अमेरिकी सहयोग नियोग (युएसएआइडी)का परियोजना विकास अधिकृत एन्ड्रयु गोल्डाले युएसएडले क्षतिग्रस्त विद्यालय, शिक्षा तथा सञ्चार क्षेत्रमा सहयोग पुर्याइरहेको जानकारी दिँदै आगामी दिनमा पनि त्यसलाई जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।

एसियाली विकास बैंकका पोर्टफोलियो म्यानेजमेन्ट युनिटका प्रमुख रुडी भान डेइलले इन्डोनेसियाले विपद् जोखिम न्युनीकरणमा गरेका प्रयास नेपालका लागि पनि उदाहरणीय हुनसक्ने बताएका थिए।

जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का कन्ट्री रिप्रेजेन्टटेभिज युमिको आशाकुमाले आफूले जिम्मेवारी पाएका क्षेत्रमा पुनर्निर्माणको राम्रो प्रगति भएको जानकारी गराउँदै जीविकोपार्जन तथा आयआर्जनको क्षेत्रमा नयाँ परियोजना सुरु गर्न लागेको जानकारी दिए।

बैठकका सहभागीहरुलाई धन्यवाद दिँदै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव अर्जुनकुमार कार्कीले साढे तीन वर्षको अवधिमा नेपालको पुनर्निर्माण गौरव गर्ने चरणमा पुगेको दाबी गरेका थिए।

प्रकाशित मिति: बिहीबार, असार ५, २०७६  २०:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध शनिबार, कात्तिक ७, २०८३
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु शनिबार, कात्तिक ७, २०८३
कस्तो छ आजको मौसम? शनिबार, कात्तिक ७, २०८३
ट्रम्पको चेतावनी : इरानमाथि फेरि सैन्य आक्रमण हुन सक्छ शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
भारत भ्रमणले राजनीतिक सरगर्मी बढाएसँगै रविको स्पष्टोक्ति– जेलमा रहँदाको भाकल पूरा गर्न जाँदैछु शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्