काठमाडौं- बिहिबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) गुण नियन्त्रण विभागका महानिर्देशकसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर, सवारी खरीदमा १२ करोड माथि आर्थिक अनियमितता गरेको आरोप
२) सर्लाहीमा विप्लव समूहमाथि प्रहरीको कारबाही, जिल्ला इन्चार्ज कुमार पौडेलको मृत्यु
३)मलेसिया रोजगारी खुलाउन वैदेशिक रोजगार व्यवसायी संघको सरकारलाई ७ दिने अल्टिमेटम, आलटाल गरे शुक्रबार वैकदेशिक रोजगार विभाग घेराउ गर्ने
४)प्रधानमन्त्री कप टी–२० महिला क्रिकेट प्रतियोगितामा प्रदेश ३ द्वारा कर्णाली प्रदेश पराजित, महिला क्रिकेटमा रचिन खुसी डंगोलले कीर्तिमान, एक रन नदिएर लिइन ५ विकेट
५) र,फेसबुकले घोषणा गरेको लिब्रा नामक डिजिटल मुद्राको योजना रोक्न अमेरिकी सांसदको आग्रह, पूर्व गहन अध्ययनको आवश्यकता रहेको भनाइ
पूरा समाचार भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।