स्याङजा– नेपाली कांग्रेस स्याङजाको चुनावको समिक्षा बैठकमा भएको कुटपिट प्रकरण प्रहरीमा पुगेको छ। घाइते भएका एक जिल्ला नेताले प्रहरीमा किटानी जाहेरी दिएका छन्।
सात जना कांग्रेस नेताविरुद्ध प्रहरीमा ज्यान मार्ने उद्योग मुद्दामा जाहेरी परेको हो।
वालिङका राम प्रसाद पौडेल, अर्जुन अर्याल, सुनिल खनाल, बिनोद पराजुली, सञ्जय श्रेष्ठ तथा धुव्र पंगेनीविरुद्ध किटानी जाहेरी प्रहरीमा परेको हो। घाइते भएका शोभाकान्त ढकालले जिल्ला प्रहरी कार्यालय स्याङजामा जाहेरी दिएका हुन्।
जाहेरीमा भनिएको छ–हामीहरुलाई वालिङ खेल मैदान नजिकै रहेको पतञ्जली योगपिठ भवन भित्र पुतलीबजार बस्ने गोपालमान श्रेष्ठको निर्देशनमा तिमीहरुसँग कुरा गर्नुछ भनि बोलाई सांंघातिक आक्रमण गरी ज्यान मार्ने प्रयास भएको’ उल्लेख छ ।
चुनावमा अन्र्तघात भएको भन्दै विवाद हुँदा ढकालसहित भेषराज अर्याल,कमल ढकाल लगायत घाइते छन् । गम्भीर घाइते भएका अर्याललाई हेलिकप्टरबाट बल्खुस्थित बयोद्या अस्पतालमा उपचार भइरहेको छ। शोभाकान्त र कमलराजको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ। जाहेरीमा कांग्रेस जिल्ला सभापति कलम पंगेनी लगायतलाई समेत अनुसन्धानमा ल्याउन भनिएको छ। प्रहरीमा जाहेरी दर्ता भइसकेको छैन।
स्याङजा क्षेत्र नम्बर १ मा उम्मेदवार रहेका उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले चुनाव हारेपछि स्याङजा कांग्रेसभित्र विवाद बढेको हो। पार्टीकै नेताहरुले अहसयोग गर्दा हारेको भन्दै श्रेष्ठ निकट नेताहरुले बैठकमा कुटपिट गरेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।