काठमाडौं- नेपालमा सुनको मूल्य हालसम्मै उच्च पुगेको छ।
बुधबार ६३ हजार रुपैयाँ प्रतितोला खरिद-बिक्री भएको छापावाल सुनको मूल्य बिहीबार १ हजार रुपैयाँ बढेर ६४ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा वृद्धि भएको सुनको मूल्य र सरकारले बजेटमा सुनको आयातमा भन्सारको दर बढाएका कारण मुल्यवृद्धि भएको हो। अमेरिका र इरान तथा अमेरिका र चीनबीच देखिएका तनावका कारण लगानीकर्ता सुनमा आकर्षित भएपछि माग बढी हुँदा पनि मूल्य बढेको हो।

पेट्रोलियम पदार्थको मूल्य बढ्दा सुनको मुल्य घट्ने र सुनको मूल्य बढ्दा पेट्रोलियम पदार्थको मूल्य घट्ने अन्तर्राष्ट्रिय अवस्था देखिन्छ।
सरकारले आगामी आर्थिक २०७६/७७ को बजेट सार्वजनिक गर्दै सुनको आयातमा लाग्दै आएको भन्सार दर बढाएको थियो। बजेटपछि क्रमश: बढिरहेको सुनको मूल्यले आज रेकर्ड कायम गरेको हो।
यसअघि गत फागुन ८ गते ६३ हजार ३ सय रुपैयाँ पुगेको थियो। तेजाबी सुनको मूल्य भने प्रतितोला ६३ हजार ७ सय छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।