काठमाडौं– प्रहरीले लागू औषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्साको पटेरवा सुगौली गाउँपालिका–१ का ३२ वर्षीय साम महमद, भारत बिहार बैसाली मोहनपुरस्थित चैदाबादका २४ वर्षीय मनिष कुमार र भारत बिहार नालन्दा मगर्ए नोगवास्थित उमेदनगरका ४५ वर्षीय अन्नु देवी पासवान छन् ।
प्रहरीले उनीहरुको साथबाट ३७ किलो गाँजा र गाँजा बोक्न प्रयोग गरिएको बिआर–०१सिएन६९८६ नम्बरको भारतीय कार बरामद गरेको छ । उनीहरुलाई मकवानपुरको हेटौडा उपमहानगरपालिका–९ स्थित पूर्वपश्चि राजमार्गबाट मकवानपुर प्रहरीले बुधबार पक्राउ गरेको हो ।
हटौडाबाट पथलैयातर्फ जाँदै गरेको उक्त कार जाँच गर्ने क्रममा गाँजा फेला परेको प्रहरीले जनाएको छ ।
उक्त कारको डिकीमा फल्स बटम बनाई २४ वटा प्लास्टिकले बेरीएको पोकामा लुकाएर गाँजा तस्करी भएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।