काठमाडौं– उपत्यकाबाट प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का पाँच जना नेता तथा कार्यकर्ता पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रामेछापका जिल्ला इन्चार्ज कुलदीप तामाङ, दोलखा इन्चार्ज यादव दाहाल, सचिव विशाल जिरेल, विद्यार्थी संगठनको ताम्सालिङ ब्युरो अध्यक्ष मुकुन्द श्रेष्ठ र उदयपुर जिल्लाको विद्यार्थी संगठन अध्यक्ष विशाल तामाङ रहेका छन्।
उनीहरुको साथबाट विप्लव समूहको पर्चासमेत फेला परेको महानरीय प्रहरी अपराध महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए।
सरकारले गत फागुन २८ गते विप्लव समूहलाई प्रतिबन्ध लगाएपछि प्रहरीले उक्त समूहका नेता कार्यकर्ता पक्राउ गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।