काठमाडौं– रोयल नेपाल डटकमले ‘बेस्ट मोडल अफ द इयर २०१८’ आयोजना गर्ने भएको छ।
दक्ष मोडल उत्पादन गरी उनीहरुको करिअर निर्माणमा सघाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको आयोजकले जनाएको छ। सोमबार एक विज्ञप्ति जारी गर्दै आयोजकले प्रतियोगिताका लागि आवेदन खुला गरिएको जानकारी दिएको छ।
प्रतियोगिताको आवेदन फर्म सोमबारबाटै वितरण सुरु गरिएको र सहभागी हुन चाहनेले रोयल नेपालको कार्यालय कुपन्डोल तथा अनलाइनबाट पनि फर्म भर्न सक्ने जनाइएको छ। विजेतालाई १ लाख नगद राशि पुरस्कार राखिएको छ।
मोडलिङ पेसालाई व्यावसायिक एवं मर्यादित बनाउँदै नयाँ पुस्तालाई मोडलिङका आधुनिक ज्ञान दिएर उनीहरुको प्रतिभा निखार्दै अन्तर्राष्ट्रियस्तरको मोडल बन्ने अवसर प्रदान गर्न प्रतियोगिता आयोजना गर्न लागिएको रोयल नेपालका प्रबन्ध निर्देशक प्रशान्त खड्गीले बताए।
१६ देखि ३२ वर्ष ननाघेका युवा–युवतीहरुले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन्। आयोजकका अनुसार, पहिलो चरणको अडिसनबाट छानिएका प्रतियोगीलाई अन्तिम स्पर्धाको लागि एक महिने प्रशिक्षण दिइनेछ।
प्रतियोगितामा शीर्षसहित आधा दर्जन उप–विधामा पुरस्कृत गरिने आयोजकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।