काठमाडौं– प्रहरीले विस्फोटक पदार्थसहित भोजपुरबाट २ जनालाई पक्राउ गरेको छ।
भोजपुर नगरपालिका–३ बाट सोही ठाउँका ४६ वर्षीय जितकुमार राई र ३६ वर्षीय लालबहादुर भुजेललाई लाइसेन्स नभएको दुईनाले भरुवा बन्दुक र विस्फोटक पदार्थसहित पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जित कुमारको घरमा खानतलासी गर्दा बारुद लोड गरेको एकनाले भरुवा बन्दुक १ थान, छर्रा १४ थान, कुरिङ ढुंगा १० थान र प्लास्टिकको बट्टामा करिब २ सय ग्राम बारुद बरामद गरेको हो।
लालबहादुरको घरमा बारुद लोड गरेको एकनाले भरुवा बन्दुक १ थान, छर्रा १६ थान, पटाका ३ प्याकेट र करिब २ सय ग्राम बारुदसहित फेला पारी उनीहरुलाई पक्राउ गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।