काठमाडौं- गोकर्णेश्वर नगरपालिका वडा नं ४ इटिचोक नजिक बा १ ख ८७४४ नम्बरको बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमानै मृत्यु भएको छ।
सुन्दरीजल-रत्नपार्क रुटमा चल्ने सो बस सुन्दरीजलबाट यात्रु बोकेर गन्तव्यतर्फ जाने क्रममा आज दिउँसो करिब साढे १ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ। बस सडकबाट करिब ५ फिट तल खेतमा पल्टेको थियो। बस दुर्घटनामा परी घाइते भएका २० जनालाई उपचारका लागि नेपाल मेडिकल कलेज अत्तरखेल लागिएको प्रहरीले जनाएको छ।
मृतक बसकै सहचालक हुन सक्ने प्रहरीले अनुमान लगाएको छ भने बस चालक हाल सम्पर्कबाहिर रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।