काठमाडौं- कांग्रेसका भ्रातृ संगठनहरुले राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेश तत्काल पारित गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसँग आग्रह गरेका छन्।
काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गर्दै कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संगठनहरुले सरकारले पठाएको अध्यादेश पारित गरी राष्ट्रियसभा निर्वाचनका लागि मार्गप्रशस्त गर्न राष्ट्रपतिसँग माग गरेका छन्।
संघीय संसदमा महिला प्रतिनिधित्व ३३ प्रतिशत अनिवार्य रहेको उल्लेख गर्दै भ्रातृ संगठनहरुले राष्ट्रियसभाको गठनबिना प्रतिनिधिसभामा महिला सदस्यको संख्या यकिन हुन नसक्ने बताएका छन्।
पत्रकार सम्मेलनमा जारी गरिएको विज्ञप्तिमा अध्यादेश पारित नभए आन्दोलनमा उत्रने समेत उनीहरुले जनाएका छन्।
अध्यादेश पारितका लागि दबाव दिनेहरुमा नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल प्रेस युनियन, नेपाल दलित संघ र डि एल ए नेपाल छन्। अध्यादेश पारित गर्न माग गर्दै नेविसंघले आइतबार काठमाडौंमा र्याहली निकालेको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।