काठमाडौं- नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको बैशाख मसान्तसम्ममा २६ वटा स्थानीय तहमा 'क' वर्गका वाणिज्य बैंकको शाखा पुग्न बाँकी छ।
कूल ७ सय ५३ स्थानीय तहमध्ये २०७६ बैशाख मसान्तसम्ममा ७ सय २५ तहमा वाणिज्य बैंकका शाखा विस्तार भएका छन्।
सबैभन्दा धेरै सुदुरपश्चिम प्रदेशका ७ स्थानीय तहमा अझै कुनै पनि बैंकको शाखा पुग्न सकेको छैन भने प्रदेश ५ का १ सय ९ वटै स्थानीय तहमा बैंक पुगेको छ।
नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाको संख्या २०७५ असार मसान्त सम्ममा १ सय ५१ वटा रहेकोमा २०७६ बैशाख मसान्त सम्म आईपुग्दा १ सय ७६ पुगेको छ।
यसअनुसार २०७६ बैशाख मसान्तमा २८ वाणिज्य बैंक, ३२ विकास बैंक, २४ वित्त कम्पनी, ९१ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक संचालनमा रहेका छन्।
बैंक तथा वित्तीय संस्थाको शाखा संख्या २०७५ असार मसान्तमा ६ हजार ६ सय ५१ वटा रहेकोमा २०७६ बैशाख मसान्तसम्ममा ८ हजार ३ सय १९ वटा पुगेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।