काठमाडौं– कता हिँडेको’, ‘काली पारे दाइ हो’ जस्ता लोकप्रिय गीतकी गायिका आभा मुकारुङ तेस्रो एकल एल्बम ‘बहाव’ लिएर आएकी छिन्।
एल्बममा ११ वटा गीत छन्। आनन्द अधिकारी, नरदेवी राई, शिमुरा, सुरेश शाही, बुद्धि मोक्तान, राई नविन, राजकुमार राई, डिपी खनाल र मुकेश राईको शब्द रहेका गीतहरुमा अर्जुन कौशल, बालन्द राई, राई नविन, पविधन खालिङ, सन्तोष दुमी राई, धनु ग्याङ्मी र हेमन्त चेम्जोङले संगीत भरेका छन्।
यस्तै, संगीत संयोजन सचिन सिं, फनिन्द्र राई, अर्जुन कौशल, नोर्बु शेर्पा, उदयराज पौडेल र विश्व अधिकारीले गरेका छन्। दुई गीतमा गायिका आफैंले संगीत भरेकी छिन् भने एउटा युगल गीतको गायनमा हेमन्त चेम्जोङले साथ दिएका छन्।
गायिका मुकारुङले एल्बम बिक्रीवापतको ५० प्रतिशत रकम संगीतकर्मीहरुको सहयोगमा खर्च गर्ने बताएकी छिन्।
‘यसअघि आभाको ‘आभा’ (०६२) र ‘सौम्य’ (०५९) सार्वजनिक भइसकेका छन्।
‘बहाव’मा समाविष्ट ‘आमा’, ‘सोझो बाटो’ र ‘फूल होइन’ बोलको गीतको भिडियो पनि सार्वजनिक भइसकेको छ। एल्बमलाई अलग आर्ट हबले ल्याएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।