काठमाडौं- चेक बाउन्स मुद्दाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं तारकेश्वर नगरपालिका–९ बस्ने ४२ वर्षीय प्रमोद कुमार खड्का छन्।
उच्च अदालत पाटनले उनी विरुद्ध २०७६ वैशाख १६ गतेको फैसलाले १ महिना कैद र २३ लाख रुपैयाँ जरिवाना ठहर गरेको थियो।
उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं चक्रपथबाट मंगलबार पक्राउ गरेको हो।
आर्थिक व्यवहार मिलाउने भन्दै खड्काले प्रशान्त जैसवालसँग २३ लाख रुपैयाँ ऋण सापटी लिएको र सो रकम भुक्तान गर्न पर्याप्त रकम नभएको नेपाल एसबिआई बैंक शाखा कार्यालय गोंगबुको खाताको चेक दिएका थिए।
सो चेक फिर्ता भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।
खड्कालाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि बुधबार कारागार कार्यालय जगन्नाथ देवल काठमाडौं पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।