गाईघाट- माछा मार्न गएका उदयपुरका २ युवक सुनकोसी नदीमा बेपता भएका छन्।
उदयपुर जिल्ला लिम्चुबुङ गाउँपालिका–१ बास्बोटेका १६ वर्षीय देवकुमार राई र १४ वर्षीय प्रविण राई बिहानैदेखि बेपत्ता भएको स्थानीयले बताए।
उनीहरु ज्यामिरे खोला दोभानमा माछा मार्न गएका थिए।
माछा मार्ने क्रममा ज्यामिरे दोभानमा पुगेपछि सुनकोसीले बगाएर बेपत्ता बनाएको स्थानीयको भनाईका आधारमा प्रहरी चौकी लिम्चुबुङले जनाएको छ।
बेपत्ताको खोज तथा उदारमा स्थानीयवासी परिचालित भएको स्थानिय गुरुमणि कुमाईंले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।