काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झन्डा देखाउने २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
कलंकी मालपोत कार्यालयको उद्घाटन गर्न जाने क्रममा प्रधानमन्त्री ओलीलाइ कालो झन्डा देखाएको भन्दै उनीहरुलाई पक्राउ गरिएको हो।
झन्डा देखाउने २ जना पक्राउ परेको महानगरीय प्रहरी वृत कालिमाटीका डिएसपी देवेन्द्रबहादुर पालले जानकारी दिए।
उनीहरूको नाम भने सार्वजनिक गरिएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।