काठमाडौं- काठमाडौंको कलंकीमा रहेको कलंकी मालपोत कार्यालय देशकै पहिलो नमूना मालपोत घोषणा भएको छ।
बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त कार्यलयमै आयोजित एक कार्यक्रमबीच मुलुककै पहिलो नमूना मालपोतका रुपमा घोषणा गरेका हुन्। नमूना मालपोत कार्यालय घोषणा गर्दै प्रधानमन्त्री ओलीले अब भूमि व्यवस्थापनका क्षेत्रमा मात्र नभई शिक्षा, स्वास्थ्य लगायतका हरेक क्षेत्रमा प्रविधिको प्रयोग प्राथमिकतामा राखेर हरेक क्षेत्र नमूना बनाउन सरकारले ध्यान दिएको
नमूना मालपोत घोषणा कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालको पनि सहभागिता रहेको थियो।
के छन् नमूना मालपोतमा?
-कार्यालय परिसरलाई सफासुग्घर राखिएको छ।
-कार्यालय प्रवेशद्वारमा सेवाग्राही सहायता कक्ष बनाइएको छ। नागरिकले आवश्यक सेवाको बारेमा जानकारी लिन सक्नेछन्। सोही सहायता कक्षबाट कागजात रुजु गरी चेकलिस्ट भर्ने र टोकन दिने कार्य गरिएको छ। सोका आधारमा सेवाग्राही सम्बन्धित शाखामा जान सक्नेछन्।
-कार्यकक्षहरु पारदर्शी बनाउदै ‘खदुला अफिस प्रणाली’ लागू गर्ने प्रयत्न गरिएको छ। जहाँबाट कर्मचारीले गरेको काम सेवाग्राहीले सजिलै देख्न सक्नेछन्।
-कार्यालयमा एकद्वार प्रणाली अबलम्बन गरिएको छ। सेवाग्राहीले एउटै कोठाबाट सबै काम पूरा गरी सेवा लिन सक्ने गरी ले-आउट मिलाइएको छ।
-कार्यालयमा सेवाग्राहीलाई प्रतिक्षालयको व्यवस्था गरिएको छ। प्रतीक्षालयमा सेवाग्राहीलाई सूचना तथा जानकारी दिने उद्देश्यले टेलिभिजन समेत जडान गरिएको छ।
-कार्यालयलाई हरियालीयुक्त बनाउने प्रयास गरिएको छ।
-कार्यालय परिसरलाई अपाङ्गमैत्रीसमेत बनाइएको छ। साथै महिला तथा पुरुषको लागि छुट्टा छुट्टै शौचालयको व्यवस्था मिलाइएको छ।
-कार्य प्रणालीमा सुधार गर्न सुधारिएको फाराम तयार पारी वेबसाइटमा उपलब्ध गराइएको छ।
-मालपोत कार्यालयमा रहेका अति महत्वपूर्ण अभिलेखहरु जग्गा धनी दर्ता स्रेस्ता, लिखत तथा मिसिलको सुरक्षित अभिलेखीकरणका लागि स्क्यान गर्न थालिएको छ।
-जग्गा प्रशासनका लागि सेवाग्राहीलाई अनलाईन सेवा दिने 'पब्लिक एक्सिस मोड्युल' विकास गरिएको छ। यसबाट आम नागरिकले घरैमा बसेर इन्टरनेटबाट लिखत तयार पारी अनलाइनबाटै बुझाउन सक्ने छन्। साथै सक्कल कागजात लिएर जग्गा लिने र दिने मात्र कार्यालयमा आई औंठछाप र फोटो खिचेर सेवा लिन सक्ने व्यवस्था मिलाइएको छ।
-गुनासो सुन्ने अधिकारीको समेत व्यवस्था
-२२ वटा मालपोत कार्यालयमा सिसिटिभी जडान
-स्तनपान कक्षको व्यवस्था
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।