• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २७, २०८३ Sat, Sep 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

कांग्रेसले निर्दोष देख्ने राधेको यस्तो कर्तुत, सुरक्षा संवेदनशीलता भन्दै डिएसपी खटाइयो

64x64
नारायण अधिकारी बुधबार, असार ४, २०७६  १४:५५
1140x725

काठमाडौं– गुण्डा नाइके भनेर चिनिएका राधाकृष्ण भण्डारी उर्फ राधे अहिले प्रहरी हिरासतमा छन्। जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख राजकुमार बैदवारका अनुसार उनीमाथि ज्यान मार्ने उद्योग र अभद्र व्यवहार मुद्दामा अनुसन्धान भइरहेको छ।

धादिङ तरुण दलको जिल्ला उपाध्यक्षसमेत रहेका राधेलाई छुटाउन भन्दै प्रहरीलाई चर्को दबाब पनि पर्दै आएको छ। राधेलाई फसाउन खोजिएको र तत्कालै उनलाई बिनासर्त रिहा गर्नुपर्ने माग तरुण दलले गर्दै आएको छ।

‘उहाँहरुको दाबी आफ्नो ठाउँमा छ। राधेको विगत वर्तमानबारे हामीले केही बताइराख्ने पर्दैन,' प्रहरी प्रमुख बैदवारले भने, 'उनको अपराध शृंखलाबारे सबै जानकार छन्।’

खटाइयो डिएसपी
केही घटनाले धादिङमा राधेको गुण्डागर्दी कतिसम्म छ भन्ने प्रष्ट पार्छ। धादिङ बेनीघाट रोराङ गाउँपालिका–३ स्थित मलेखु खोलाको निकासी ठेक्का यसपालि पनि राधेले हात पारे। ४ करोडको उक्त निकासी ठेक्कामा राधेले दाबी गरेपछि अरुले टेन्डर फिर्ता लिए। गतवर्षको मलेखु खोलाको निकासी ठेक्का पनि राधेले नै पाएका थिए। 

धादिङमा राधेको राज चल्न थालेपछि बिनाप्रतिस्पर्धा उनैले टेन्डर हात पार्दै आएका छन्। टेन्डर हात परेपछि मलेखु खोलाबाट निर्माण सामग्रीको निकासी कर राधेकै समूहले उठाउँदै आएको छ। 

बेनीघाट रोराङ गाउँपालिका–३ का वडाध्यक्ष भुवन त्रिपाठीका अनुसार राधे समूहले कानुनी रुपमै ठेक्का हात पारेपछि निकासी कर त्यही समूहले उठाउन थालेको हो। ‘यसमा म अरु केही भन्न चाहन्नँ,’ त्रिपाठीले भने।

ठेक्का आफैंले लिने र निकासी कर पनि आफैंले उठाउने भएपछि राधे समूहले उक्त क्षेत्रका क्रसर र गिट्टी बालुवा खानीमा चासो राख्न थालेको हो। धादिङ प्रहरीका अनुसार टेन्डर प्रक्रियादेखि अन्य विविध किसिमले राधे समूहले अवैध रकम उठाउँदै आएको छ। यसरी राधे समूहले आफ्नो सञ्जाल विस्तार गर्दै अवैध असुली मच्चाएपछि सो क्षेत्रमा सुरक्षा चुनौती थपिँदै गएको छ। 

यो क्षेत्र इलाका प्रहरी कार्यालय गजुरी अन्तर्गत पर्छ। प्रहरी प्रधान कार्यालयले सुरक्षा चुनौती बढेको भन्दै इन्सपेक्टर प्रमुख रहने इलाका प्रहरी कार्यालय गजुरीमा हालैमात्र डिएसपी खटाएको छ। अहिले इन्सपेक्टरको दरबन्दीमा डिएसपी खगेन्द्रबहादुर खड्कालाई पठाइएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

हेल्मेट काण्डबाट उघ्रिएको राधेको अपराधको बर्को अझै यथावत्
राधेको अपराधको चक्र पल्टाउन १२ वर्षअघि पुग्नुपर्ने हुन्छ।

२०६४ कात्तिक २४ गते धादिङकै गणेश ठकुरीको घरमा गएर टाउकोमा हेल्मेट प्रहार गरी घाइते बनाएको घटनाबाट राधेको गुण्डागर्दी बाहिर आएको हो। त्यसपछि बाहिर आएको उनको आपराधिक यात्रा अहिले पनि जारी छ।

प्रहरीका अनुसार राधे अवैध असुली, ठेक्कापट्टा, टेन्डरमा मात्र नभएर अन्य थुप्रै घटनामा पक्राउ पर्दै अदालतबाट छुटेका व्यक्ति हुन्। उनले धादिङ क्षेत्रलाई आधार बनाएर आपराधिक गतिविधि गर्दै आएका छन्।

महानगरीय अपराध महाशाखाका अनुसार सुरुमा दिनेश अधिकारी चरीको समूहमा रहेर राधे आपराधिक गतिविधि गर्थे। चरीसँग खटपट भएपछि उनी तरुण दलमा लागे।

२०७० असार २१ गते बा १०च ६९९३ गाडी रोकेर राधेसहितको समूहले चरीलाई खुकुरी प्रहार गरेर घाइते बनाएको थियो। सोही केशमा राधे २०७० साउन १३ पेस्तोलसहित पक्राउ परेका थिए। केही समय जेल परेर छुटे। 

यस्तै, २०७४ असार ५ गते धादिङ नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का २४ वर्षीय आयुष तामाङलाई राधेसहित उनको समूहले धारिलो हतियार प्रहार गरी घाइते बनाएको थियो। त्यो घटनामा राधे ‘फरार’ थिए। धादिङ प्रहरीले उनलाई देखे नदेखै गर्थ्यो। अहिले भने ज्यान मार्ने उद्योगमा पक्राउ परेर हिरासतमा छन्। 

अपराधको नेक्सस ठेक्कापट्टामा, विकृति रोक्ने प्रयासमा संघीय सरकार तगारो! 
राधे समूहको अपराधको नेक्सस ठेक्कापट्टासँग जोडिएको धादिङकै स्थानीय नेताहरुले बताउँदै आएका छन्। धादिङका केही जनप्रतिनिधि नै ठेक्कापट्टा तथा क्रसर व्यवसायबाट उदाएका व्यक्ति हुन्।

जसकारण खोलाजन्य पदार्थहरुमा उनीहरुको प्रभाव हुने नै भयो। त्यसपछि मौलाएको विकृति र आपराधिक यात्रा रोक्न भन्दै प्रदेश ३ को सरकारले केही काम गरे पनि त्यसले पूर्णता नपाएको ३ नबर प्रदेशका आन्तरिक मामिला तथा गृहमन्त्री शालिकराम जमरकट्टेल बताउँछन्।

‘प्राकृतिक स्रोतसाधनको दुरुपयोग रोक्न ३ नम्बर प्रदेश सरकारले केही काम थालेको थियो। तर संघीय सरकारले दिएन,’ उनले भने, ‘गत वर्ष ३ नम्बर प्रदेशका जिल्लाहरुमा भएका प्राकृतिक स्रोतसाधन र क्रसर उद्योगहरु नियमन गर्न कार्यविधि बनाइएको थियो। तर संघीय सरकारले अघि बढ्न दिएन।’

वातावरणीय प्रभाव मूल्यांकन (इआइए), प्रारम्भिक वातावरणीय मूल्यांकन (आइइई) हुने, घर भएको ठाउँमा घर छैन, जंगल भएको जंगल छैन भनेर रिपोर्ट देखाइदिने जस्ता विकृतिहरु पनि भएकाले प्राकृतिक स्रोतसाधनको दुरुपयोग भएको जमरकट्टेलको भनाइ छ। जसकारण आपराधिक पृष्टभूमि भएका व्यक्तिलाई प्राकृतिक स्रोतसाधनको दुरुपयोग गरी गैरकानुनी धन्दा चलाउन बढवा पुग्ने गरेको उनले बताए।

अपराध गर्नेले नै ठेक्का पाउने र उनीहरुले कर उठाउने भएपछि एकाधिकार हुने र अपराध बढ्ने गरेको बताइएको छ।

प्रकाशित मिति: बुधबार, असार ४, २०७६  १४:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
भक्तपुरमा एलपी ग्यास कालोबजारी गर्ने दुई जना पक्राउ प्रहरीका अनुसार बिहीबार करिब ५ बजे ब्रम्हनगरस्थित शाहको किराना पसलमा उपभोक्तालाई खाना पकाउने एलपी ग्यास प्रतिसिलिण्डर २ हजार ८ सय रु... बिहीबार, भदौ २५, २०८३
१८ हजार बढी ट्रामाडोल बसको छतमा राखेर चितवन जाँदै गरेका युवक समातिए चेकिङका क्रममा वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको ना.५ ख ७६२३ नम्बरको यात्रुवाहक बस रोकेर जाँच गर्दा बसको हुड र्‍याकमा राखिएका दुईवटा... बुधबार, भदौ २४, २०८३
१६२ किलो ७९४ ग्राम गाँजासहित दुई जना पक्राउ मनहरी गाउँपालिका–९ भाबरबाट प्रहरीले करिब १६२ किलो ७९४ ग्राम अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। बुधबार, भदौ २४, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी : ४०८ अर्बको क्षति, पुनर्लाभका लागि ७२३ अर्ब आवश्यक शुक्रबार, भदौ २६, २०८३
कर्णाली शिवराज नेपाल भलिबल लिगको फाइनलमा शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित नुवाकोट र रसुवा जाने एमाले टोलीलाई ओलीको निर्देशन शुक्रबार, भदौ २६, २०८३
भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी सेना परिचालन, आज थप ३० जनाको उद्धार शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
भरतपुरमा इभी कारमा आगलागी, चालकको मृत्यु शुक्रबार, भदौ २६, २०८३
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्