काठमाडौं- कलंकीमा आज नमुना मालपोत कार्यालय घोषणा गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले भूमि व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन यस्तो कार्यक्रमको सुरुवात गरिएको बताए।
कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विकास र सेवाका प्रयासमा प्रविधिको प्रयोग गरेर जनतालाई छिटो र छरितो सेवा दिइने बताए। 'अब मालापोतमा मात्र होइन शिक्षा र स्वास्थ्यका क्षेत्रमा पनि प्रविधिको प्रयोग गरेर छिटो, छरितो र गुणस्तरीय सेवा प्रदान गरिनेछ,' प्रधानमन्त्री ओलीले भने, 'अबको दुई वर्षभित्र देशका सबै मालपोत कार्यलयका ढड्डा, पुराना लिखत डिजिटलाइज्ड भइसक्नेछन्।'
प्रधानमन्त्री ओलीले प्रविधिको प्रयोगले थोरै जनशक्तिबाट धेरै काम लिन सकिने,उत्पादन र उत्पादकत्व वृद्धि गरिने र सबै काम पारदर्शी हुने बताए।
नेपाललाई आधुनिक दिशातर्फ अघि बढाउनका लागि प्रविधिको ठूलो भूमिका रहेको भन्दै प्रधानमन्त्री ओलीले थपे, 'हाम्रो नयाँ राष्ट्रिय गन्तव्य समृद्ध नेपाल, सुखी नेपालीको प्राप्तिका लागि प्रविधिमैत्री भएर काम गर्नुपर्छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।