काठमाडौं– सिंगापुरको क्रुजमा काम लगाई दिन्छु भन्दै ६ करोडभन्दा बढी ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा नुवाकोटको साविकको गणेशस्थान गाविस–९ का ३४ वर्षीय प्रवीन पौडेल छन्।
उनलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले मकवानपुरबाट मंगलबार पक्राउ गरेको हो। काठमाडौं तारकेश्वर बस्दै आएका पौडेलले कामपा-४, विशालनगरमा द एप्रिटेन्स फार्म प्राइभेट लिमिटेड नामक ट्रोनिङ सेन्टर खोलेका थिए। उक्त सेन्टरमा तालिम लिइसकेपछि सिंगापुरमा पानीजहाजमा काम लगाइदिने भन्दै प्रतिव्यक्ति ५ लाख रुपैयाँका दरले ठगी गरेको प्रहरीले जनाएको छ।
पौडेलले सिंगापुरमा राम्रो काम हुने भन्दै केही युवालाई दिल्ली र लखनउसमेत पठाएका थिए। उनले ३ सय जनाभन्दा बढी युवाहरुलाई ठगी गरेको प्रहरीले जनाएको छ। ३ सय जनाबाट ६ करोड रुपैयाँभन्दा बढी ठगी गरेको पाइएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।