काठमाडौं- क्रिस्चियन धर्मका संस्थापक येशु ख्रिष्टको जन्मजयन्तीका अवसरमा आज देशभरका चर्चमा प्रार्थना लगायत कार्यक्रम गरी क्रिसमस दिवस मनाइँदैछ।
यस अवसरमा येशुको शिक्षा एवं उपदेशको मनन तथा चर्चा गर्नुका साथै प्रेम प्रकट गर्दै शुभकामना आदानप्रदान गर्ने, उपहार दिने र शान्ति, सद्भाव, समृद्धि तथा सु–स्वास्थ्यको कामना गरिन्छ।
येशु ख्रिष्टको जन्मदिनको खुसियालीमा हरेक वर्ष डिसेम्बर २५ का दिन संसारभर विशेष महत्वका साथ यो पर्व मनाइन्छ।
२०६२/०६३ को आन्दोलनपछि संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता घोषणा गर्नुका साथै राज्यले ख्रिष्टमस पर्वलाई येशु ख्रिष्टको जन्मदिवसका रुपमा मान्यता दिएको छ। सरकारले आज राष्ट्रिय पर्वको मान्यता प्रदान गर्दै सार्वजनिक बिदा घोषणा गरेको छ।
नेपालको क्रिस्चयन इतिहास ४ सय वर्षभन्दा पुरानो छ। राज्य धर्मनिरपेक्ष हुनुअघि देशभर छरिएर रहेका क्रिस्चयन समुदायले क्रिसमस पर्वलाई विशेषगरी विभिन्न मण्डली (चर्च) र संघसंस्थाभित्र नै मनाउँदै आएका थिए।
देशभर १२ हजराभन्दा बढी चर्च र ३० लाखभन्दा बढी क्रिस्चयन समुदाय रहेको क्रिस्चयन महासंघका अध्यक्ष सिवी गहतराजले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।