काठमाडौं- छाया सरकारकी श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डा डिला संग्रौलाले नेपाली कामदारहरुका गन्तव्य मुलुकहरुसँग सरकारले कागजी सम्झौता गरेर मात्रै नहुने बताएकी छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा प्रस्तुत गर्दै संग्रौलाले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउनका लागि सरकारले कागजी श्रम समझदारीलाई मात्र नभएर कार्यान्वयनमा जोड दिनुपर्ने टिप्पणी गरेकी हुन्।
उनले वैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरुको निकै दयनीय अवस्था रहेकाले त्यस्ता विकराल परिस्थिति सिर्जना हुन नदिन सरकारले ध्यान दिनुपर्नेमा जोड दिइन्।
वैदेशिक रोजगारीमा जाने युवाहरुलाई देशभित्रै परिचालन गर्न स्वदेशमै उद्योगधन्दा र कलकारखाना विकासमा जोड दिनुपर्ने उल्लेख गरिन्।
संग्रौलाले सरकारले चालू आर्थिक वर्षमा स्वदेशमै ५ लाख युवाहरुलाई रोजगारी दिलाउने भनिए पनि कार्यान्वयनमा ल्याउन नसक्नु दुःखद् पक्ष रहेको टिप्पणी गरिन्।
‘चालू आर्थिक वर्षमा कार्यान्वयनमा ल्याइएको प्रधानमन्त्री रोजगार कार्यक्रममा पनि अनियमतिता भइरहेको छ,’ उनले आरोप लगाइन्।
भिडियोः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।