राजविराज– राजविराज नगरपालिका ५ नम्बर वडा कार्यालको कम्प्युटर चोरी गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ।
विष्णुपुर गाउँपालिका–६ का २७ वर्षीय बेचन रामलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो। उनी छिन्नमस्ता गाउँपालिका-३ बाट पक्राउ परेका हुन्।
उनको साथबाट वडा कार्यालयबाट चोरिएको सिपियू, मोनिटर, प्रिन्टरलगायतका सामाग्री बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
उनका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निरिक्षक सन्तोष खड्काले बताए। वडा कार्यालयमा गत जेठ ३२ गते राति करिब १२ बजे चोरी भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।