एजेन्सी– कोपा अमेरिकामा उपाधि दाबेदार मानिएको आयोजक राष्ट्र ब्राजिल भेनेजुएलासँग गोलरहित बराबरीमा रोकिएको छ।
बुधबार बिहान सकिएको खेलमा ब्राजिलले गरेका ३ गोलले मान्यता नपाएपछि भेनेजुएलासँग बराबरीमा रोकिएको हो। खेलको ३९ औं मिनेटमा रोबर्ट फिमिन्होले गोल गरेका थिए। तर विपक्षी खेलाडीलाई फउल गरेकाले उक्त गोलले मान्यता पाएन।
दोस्रो हाफमा आक्रामक लाइनलाई झनै मजबुत बनाएको ब्राजिलले भेनेजुलाएको पोस्टमा २ गोल गरे पनि दुवै गोलले मान्यता पाएनन्। ६०औं मिनेटमा ग्राबिएल जिससले गरेको गोललाई भिएआरको सहायताले रेफ्रीले अफसाइड दिए।
६३औं मिनेटमा फिलिप काउटिन्होले गरेको गोल भिएआरले ह्यान्ड भएको देखाएपछि उक्त गोलले पनि मान्यता पाएन। खेल गोलरहित बराबरीमा सकियो। बराबरीसँगै दुवै टिमले १–१ अंक बाँडेका छन्।
दुई खेल खेलिसक्दा ब्राजिल ४ अंकसहित समूह ‘ए’को शीर्ष स्थानमा छ। ४ अंक नै भएको पेरु दोस्रो स्थानमा छ। भेनेजुएला २ अंकसहित तेस्रो स्थानमा छ।
दुवै खेल हारेको बोलिभिया १ खेल बाँकी छँदै प्रतियोगिताबाट आउट भएको छ। अब ब्राजिलले पेरुसँग र भेनेजुएलाले बोलिभियासँग खेल्न बाँकी छ। बोलिभिया बाहेक तीन वटै टिमको अर्को चरण प्रवेश गर्ने सम्भावना कायमै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।