• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

अदालतको फैसला अगावै बुटवल उपमहानगरले डोजर लगाएको स्थानमा संसदीय समितिको अनुगमन

सरलतापूर्वक समस्याको समाधान निस्कन्छ : संयोजक
64x64
नेपाल लाइभ बुधबार, असार ४, २०७६  १०:३४
1140x725

बुटवल- बुटवल उपमहानगरपालिकाले डोजर लगाएर खाली गराएको बुटवल-१ स्थित जामे मस्जिद अगाडिको क्षेत्रमा प्रदेश मामिला तथा कानुन समितिले स्थलगत अध्ययन गरेको छ।

बुटवलको जामे मस्जिद अगाडि रहेको राणा शासकहरुले भोगचलन गरेको साविक बिटौरी कित्ता नम्बर ८३ को २ कठ्ठा जग्गामा २०२८ सालदेखि बस्दै आएका १६ परिवारको टहरामाथि उपमहानगरले गत जेठ ३१ मा डोजर लगाएर खाली गरेपछि उनीहरु बिचल्लीमा परेका छन्।

बस्ती हटाएर उपमहानगरले कभर्ड हल निर्माणको काम थालेपछि वृद्धवृद्धा र बालबालिका समेतका १६ परिवारले आफूहरु ४८ वर्षदेखि बस्दै आएको ठाउँमै बसोबास गर्न पाउनुपर्ने माग गर्दै अनसनमा छन्।

अदालतबाट मुद्दाको अन्तिम फैसला नहुँदै उपमहानगरपालिकाले प्रहरी प्रशासनको बलमा डोजर लगाएर बस्ती हटाएपछि उक्त घटनाबारे प्रदेशसभा बैठकमा समेत आवाज उठेको थियो। प्रदेशसभामा कुरा उठेपछि प्रदेश मामिला तथा कानुन समितिले स्थलगत अध्ययन गर्ने निर्णय गरेको छ।

सोही निर्णयको कार्यान्वयनस्वरुप समितिका सदस्य भोजप्रसाद श्रेष्ठ नेतृत्वको टोलीले डोजर लगाइएको स्थानको अवलोकन गरेको छ। अवलोकनपछि समितिका सदस्य श्रेष्ठले विस्थापित परिवारलाई वैकल्पिक प्रबन्ध गर्नुपर्ने र तत्काल राहत उपलब्ध गराउनुपर्ने देखिएको संक्षिप्त प्रतिक्रिया दिए।

मानवीय संवेदनालाई ख्याल गरेर समस्याको समाधान गर्नुपर्ने भन्दै श्रेष्ठले सरलतापूर्वक समस्याको समाधान निस्कने दाबी गरे। स्थलगत अध्ययनका क्रममा टोलीले इलाका प्रशासन कार्यालय, बुटवल उपमहानगरपालिकाका प्रतिनिधि र स्थानीय बासिन्दासँग समेत छलफल गरेको थियो। समितिले केही दिनभित्रमा यस सम्बन्धी प्रतिवेदन तयार पारी प्रदेशसभामा बुझाउने र आवश्यकता अनुसार प्रदेश सरकारलाई निर्देशन दिने श्रेष्ठले प्रष्ट पारे।

Ncell 2
Ncell 2
nimb
nimb

अध्ययनमा समितिका सदस्यहरु हरि रिजाल, रमा अर्याल र खड्गबहादुर केसी सहभागी थिए। विस्थापित परिवारका विजय विश्वकर्माले ४८ वर्षदेखि बस्दै आएका परिवारलाई उपमहानगरपालिकाले अन्यायपूर्वक हटाउन खाजेको तर आफूहरुले उक्त ठाउँ नछाड्ने सांसदहरुसँग अडान सुनाए।

तत्कालीन राजाले घोडा बाँध्ने तबेलाको रुपमा रहेको उक्त टहरामा ९ परिवार मुस्लिम र ७ परिवार हिन्दु समुदायका बस्दै आएका थिए।

 अदालतको फैसलाअघि उपमहानगरको डोजर

गत जेठ ३१ गते डोजर चलाउनुअघि उपमहानगरले ३५ दिने समयसीमा तोक्दै जग्गा खाली गर्न सूचना टाँस गरेको थियो। स्थानीयहरुले भने उक्त जग्गामा आफूहरु वर्षौंदेखि बसोबास गर्दै आएको भन्दै उपमहानगरलाई विपक्षी बनाएर पीडितहरुले तुल्सीपुर उच्च अदालत बुटवल इजलाशमा मुद्दा समेत दायर गरेका थिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सो मुद्दाको पेसी आगामी असार ९ गतेका लागि तोकिएको छ। मुद्दाको अन्तिम फैसला नहुँदै उपमहानगरले बस्तीमा डोजर लगाएर घरवारविहीन बनाएको त्यहाँ बस्दै आएकाहरु अनसनमा बसेका छन्। २०२८ सालदेखि बस्दै आएको ठाउँबाट कुनै वैकल्पिक व्यवस्था नगरी तानाशाही शैलीमा उपमहानगरपालिकाले हटाउँदा आफूहरु अलपत्र परेको पीडित मध्येका एक हरिबहादुर विश्वकर्माले भने।

कारागारको अनुगमन हुने 
त्यस्तै प्रदेश मामिला तथा कानुन समिति कारागारहरुको अनुगमनमा समेत जाने भएको छ। अनुगमनका लागि समितिका सभापति दामाकुमारी शर्मा र सदस्य भोजप्रसाद श्रेष्ठको नेतृत्वमा २ वटा समिति बनेका छन्।

कारागारहरुमा कैदीबन्दीहरु क्षमता भन्दा बढी रहेको तथा भौतिक संरचना पनि कमजोर रहेको कुरा उठेपछि समिति जेलहरुको अनुगमनमा जाने निष्कर्षमा पुगेको हो। जेलहरुको अनुगमन गर्दा त्यहाँको वास्तविक अवस्था थाहा हुने र सुधारका लागि निर्देशन दिन सहज हुने भएकाले अनुगमनमा जाने निर्णय गरिएको समितिले जनाएको छ।

समितिका सदस्य भोजप्रसाद श्रेष्ठले कारागार सुधारका लागि अनुगमन गरिने भन्दै संसदीय समितिले चट्याङले पुर्‍याएको क्षतिका बारेमा पनि अध्ययन गर्ने बताए। हानी नोक्सानीका बारेमा समितिले चासो राखेको उनको भनाइ छ।

यो पनिः

बुटवल उपमहानगरले घरमा डोजर लगाएपछि १६ परिवार अनसनमा, बस्ती हटाएर कर्भडहलको शिलान्यास 

बुटवल उपमहानगरको 'ज्यादती' : मुद्दाको किनारा नलाग्दै १६ परिवारका घरटहरामा लगाइयो डोजर

प्रकाशित मिति: बुधबार, असार ४, २०७६  १०:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु
कस्तो छ आजको मौसम?
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु शनिबार, कात्तिक ७, २०८३
कस्तो छ आजको मौसम? शनिबार, कात्तिक ७, २०८३
ट्रम्पको चेतावनी : इरानमाथि फेरि सैन्य आक्रमण हुन सक्छ शनिबार, कात्तिक ७, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
भारत भ्रमणले राजनीतिक सरगर्मी बढाएसँगै रविको स्पष्टोक्ति– जेलमा रहँदाको भाकल पूरा गर्न जाँदैछु शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्