नयाँ दिल्ली (एजेन्सी)- ‘टाइगर जिन्दा हे’ यतिबेला बक्स अफिसमा चम्किरहँदा बलिउड स्टार सलमान खानले डिसेम्बर २७ मा आफ्नो ५२औं जन्मदिन मनाउँदै छन्।
जन्मदिनको विशेष अवसरमा सलमानको तयारी के छ त? जन्मदिनको उनको पूरै योजना सार्वजनिक भएको छ।
सलमानले यस पटक आफ्नो जन्मदिन फरक तरिकाले मनाउने भएका छन्। ‘टाइगर जिन्दा हे’ को सफलतापछि सलमानले फिल्म 'रेस ३' को सुटिङ सुरु गरेका छन्। खबर अनुसार सलमानले जन्मदिनमा समेत सुटिङबाट फुर्सद लिने छैनन्।
फिल्मको सुटिङ धमाधम भइरहँदा सलमानले सुटिङका लागि ६ दिनको व्यस्त तालिका छुट्याएका छन्। सुटिङ स्पटमा पक्कै पनि सलमानका लागि केक काटिनेछ।
'रेस ३' मा सलमानको एक्सन रुप देख्न पाइने जनाइएको छ। जसमा उनले खतरनाक स्टन्ट समेत गर्नेछन्। फिल्ममा सलमानसँगै अनिल कपुर, बबी देवल, ज्याकलिन फर्नान्डेज र डेजी शाह समेत देखिनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।