• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

जानकी मन्दिरअघि बालुवाको डंगुर, दर्शनार्थीलाई सास्ती

३ महिनादेखि ठेकेदार बेपत्ता!
64x64
नेपाल लाइभ मंगलबार, असार ३, २०७६  २२:०२
1140x725

जनकपुरधाम- प्रदेश २ मा मुख्यमन्त्री स्वच्छता अभियान कार्यक्रमअन्तर्गत सञ्चालित जानकी मन्दिर पुनर्निमाणमा ढिलाई हुँदा मन्दिरमा फोहरको डंगुर थुप्रिएको छ। 

जानकी मन्दिर परिसरमा बालुवा-ढुंगाको चाङ थुप्रारिएको छ। ढलका लागि खनिएको खाल्डा नपुरिएको र बालुवा–ढुंगाको चाङले श्रद्धालुलाई आउजाउ गर्न समेत समस्या छ। 

मंसिर तेस्रो साता प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत मन्दिर परिसरबाट ‘प्रदेश स्वच्छता अभियान’ सुरु गरेका थिए।

अभियान अन्तर्गत जानकी मन्दिरमा मार्बल र टायल्स जडान, तीन मुख्यद्वार पुननिर्माण तथा ढल निकासका लागि ८ करोड रुपैयाँ विनियोजन गरिएको छ।

सो आयोजनाको शिलान्यास भई काम सुरु भएपनि कामको गति सुस्त छ। परिसरका पुराना संरचना भत्काइएकाले मन्दिर परिसर सांगुरो भएको छ। सांगुरो स्थानमा फूल, माला, प्रसादी पसलसमेत थापिएकाले श्रद्धालुलाई आउजाउ गर्न कठिनाई भएको छ।

ठेकेदार तीन महिनादेखि काम रोकेर सम्पर्कविहीन रहेको बताइएको छ। 

मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले ३ महिनादेखि ठेकेदारलाई नदेखेको बताए।

Ncell 2
Ncell 2
nimb
nimb

'यत्रतत्र निर्माण सामग्री थुपारिएकाले मन्दिरको सरसफाई प्रभावित भएको छ। श्रद्धालुलाई कठिनाइ भइरहेको छ,’ उनले भने। 

जानकी मन्दिरमा थुप्रिएको निर्माण समाग्रीले दिनदिनै आउने हजारौं पर्यटकलाई गलत सन्देश प्रवाह गरेको छ। 

जानकी मन्दिर प्रदेशकै महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक प्रतिष्ठाको विषय भए पनि पुनर्निमाणमा प्रदेश सरकारले चासो देखाएको छैन।

जानकी मन्दिरमा वर्षभर नै पूजाअर्चना तथा विशेष पर्व त्यौहारको आयोजना हुन्छ। जसमा हजारौंको सहभागिता हुन्छन्। श्रावणमा दुई सातासम्म चल्ने झुलनोत्सव पर्वको आयोजना हुन अब डेढ महिनामात्र बाँकी छ। असोजसँगै चाडपर्व सुरु हुन्छन्। 

Xtrem

Xtrem

‘दैनिक हजारौं श्रद्धालुको आगमन हुने मठमन्दिरको काम छिटो सम्पन्न गर्नु पर्ने हो। ढिलाई हुँदा श्रद्धालुलाई कठिनाई हुन्छ,’ महन्त दास भने। 

यता, मुख्यमन्त्री स्वच्छता अभियानको सुपरिवेक्षण गर्दै आएका जलस्रोत सिंचाइ विभागका सिनियर डिभिजन इन्जिनियर भगवान् झाले निर्धारित समयमा काम पूरा हुने दाबी गरेका छन्। उनले १ वर्षभित्र पूरा हुने भनिएको उक्त आयोजना अगामी ६ महिनाभित्र सम्पन्न हुने बताए।

झाका अनुसार मन्दिरको दक्षिण, पश्चिम र उत्तरी भागमा ढल जडान, च्याम्बर निर्माण तथा ढलानको काम सकिएको छ। उनले भने, ‘तीनतिरको काम सम्पन्न भएपछि मात्र अगाडिको काममा हात हाल्ने योजना छ।’ 

‘श्रद्धालुलाई मर्का नपरोस् भनेरै हामीले चरणबद्ध काम थालेका हौं। अगामी ६ महिनाभित्र काम सम्पन्न हुन्छ,’ झाले भने। ढल निकास र ढलानको काम सम्पन्न भई सकेपछि वर्षाको मौसममा समेत मार्बल र ग्रेनाइट जडान काम जारी रहने झाको भनाइ छ। उनले पुरातत्व विभागले पछिल्लो पटक दिएको निर्देशनका कारण मार्बल र ग्रेनाइट खरिद गर्न ढिला भएको जानकारी दिए।

मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत मन्दिर परिसरमा रातो मार्बल र ग्रेनाइटको आकर्षक डिजाइन बनाउने योजना थियो। तर, पुरातत्व विभागले मन्दिर परिसरलाई मन्दिरभन्दा आकर्षक बनाउन नहुने बताएपछि पछिल्लो समय सेता मार्बल र ग्रेनाइट खरिद गर्नुपरेको थियो।

त्यसैगरी जानकी मन्दिरमा लेजर लाइटसहितको आकर्षक लाइटिङ गर्ने सम्झौता गरेर गैह्रआवासीय नेपाली संघ पनि सम्पर्कविहीन छ। 

गतवर्ष असार ९ गते गैह्रआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट र जानकी मन्दिरका महन्त रामरोशन दासबीच ५ करोडको लगानीमा मन्दिरमा विद्युतीकरण गर्ने लिखित सम्झौता भएको थियो।

गैह्रआवासीय नेपाली संघका अध्यक्ष भट्ट र जानकी मन्दिर व्यवस्थापनका तर्फबाट महन्थ दासबीच भएको सम्झौतामा विवाह पञ्चमी (२०७५ साल मंसिर) सम्ममा मन्दिरमा लाइटिङ सिस्टम जडान गरिसक्ने उल्लेख थियो। 

तर लिखित सम्झौता गरेपनि संघका कुनै पदाधिकारीले योजना बारे खोजखवर नलिएको दासले बताए। 

‘सुरुमा सम्बन्धित पदाधिकारीसँग सम्पर्क पनि हुन्थ्यो। अहिले उहाँहरू सम्पर्कमा हुनुहुन्न,’ उनले भने।

प्रकाशित मिति: मंगलबार, असार ३, २०७६  २२:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा शनिबार, असोज २४, २०८३
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा शनिबार, असोज २४, २०८३
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु शनिबार, असोज २४, २०८३
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य शनिबार, असोज २४, २०८३
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्