• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

प्रधानमन्त्री र अर्थमन्त्रीको गृहजिल्लाका सडकमा मात्र १ अर्ब ४० करोड रकमान्तर

स्थानीय निकायले हेर्ने आयोजनामा पनि संघीय बजेट
64x64
नेपाल लाइभ मंगलबार, असार ३, २०७६  २१:१२
1140x725

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री डा युवराज खतिवडाको गृहजिल्ला झापाका सडक आयोजनामा मात्र विगत ३ महिनायता करिब डेढ अर्ब संघीय बजेट रकमान्तर भएको छ। मन्त्रीद्वयको गृहजिल्लामा स्थानीय तहको जिम्मेवारीमा रहेका स-साना आयोजनामा पनि संघीय सरकारको बजेट रकमान्तर हुनु उपयुक्त नभएको भन्दै प्रश्नसमेत उठ्ने गरेको छ।  

वार्षिक बजेट प्रणालीभन्दा बाहिरका आयोजनामा बजेटको आवश्यकता र औचित्य हेरी अर्थ मन्त्रालयले थप रकम निकासा गर्ने गरेको छ। त्यस्तो रकमका लागि वार्षिक बजेटमा शीर्षक छुट्याइएको हुँदैन। कुनै कार्यक्रम वा आयोजनामा छुट्याइएको बजेट रकमान्तर गरेर पठाईने गरिन्छ। 

अर्थमन्त्री डा. खतिवडाले जथावाभी रकमान्तर गर्ने परिपाटीले अंकुश लगाउन खोजेका थिए। तर, उनको प्रयास भने लामो समय टिकेन। अभाव र दबाब दुवैखालका अवस्था देखाएर पहुँच हुनेले अर्थ मन्त्रालयमार्फत् रकमान्तर गर्न लगाउने परिपाटीले अहिले पनि निरन्तरता पाइरहेको छ। 

अझ अचम्मको कुरा के भने चालू आर्थिक वर्षको ११ महिनामा विकास निर्माणका क्षेत्रमा हुने रकमान्तर सबैभन्दा धेरै प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री खतिवडाको गृहजिल्ला झापामा भएको देखिन्छ। झापामा रकमान्तर भएका अधिकांश आयोजना सडक आयोजना हुन्। प्रदेश तथा स्थानीय तहको कार्यक्षेत्र भित्र पर्ने आयोजनाका लागि पनि संघीय सरकारकै रकमान्तर गरेर पैसा पठाइएको छ। 

चालू आवको चैतमा सरकारले दैवी प्रकोप राहत तथा पुर्नस्थापनाका लागि भनेर छुट्याइएको २१ करोड रुपैयाँ प्रधानमन्त्रीको गृहजिल्ला झापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टको गृहजिल्ला गुल्मीमा खर्च गरेको देखिन्छ। त्यसबाहेक झापामा स-साना सडकखण्ड निर्माणका लागि भन्दै चैत महिनामा थप २० करोड रुपैयाँ रकमान्तर भएको छ। 

चैत महिनामा नै झापा जिल्लाको लक्ष्मीपुर-घैलाडुब्बा सडकका लागि ५ करोड रुपैयाँ, झापाचोक-भद्रपुर-बिर्तामोड सडकखण्डको लागि १० करोड र अल्टाबारी–गौरीगञ्ज–पाडाजुँगी सडकखण्डका लागि ५ करोड रुपैयाँ गरी कुल २० करोड रुपैयाँ रकमान्तर गरेर पठाइएको अर्थ मन्त्रालयको तथ्याङ्क छ। 

बैशाख महिनामा झापा जिल्लाको गौरादह नगरपालिका-९ मा निर्माणाधीन ग्वालडुब्बा खानेपानी तथा सरसफाई आयोजनाका लागि १ करोड ५० लाख रुपैयाँ रकमान्तर भएको देखिन्छ। 

त्यसैगरी तराई मधेश सडक पूर्वाधार विशेष कार्यक्रमको ३० करोड ९७ लाख रुपैयाँ बराबरको रकम झापाका विभिन्न सडक आयोजनाका लागि रकमान्तर भएको छ। लखनपुर, मंलपूर, मयुभिठा, शिवगंज सडकलगायत विभिन्न ९ वटा सडक खण्डका लागि उक्त रकम पठाईएको अर्थ मन्त्रालयको तथ्याङ्क छ। 

Ncell 2
Ncell 2
nimb
nimb

तराई मधेश सडक पूर्वाधार विशेष कार्यक्रमकै अर्को ३ करोड रुपैयाँ पनि ओलीको गृहजिल्लाका सडक विस्तारका लागि भन्दै रकमान्तर भएको छ। डिभिजन सडक कार्यालय झापाको कार्यक्षेत्रमा पर्ने उत्तर दक्षिण लोकमार्ग मेची करिडोरका लागि उक्त बजेट रकमान्तर भएको हो।

तराई मधेश सडक पूर्वाधार विशेष कार्यक्रमको ६ करोड रुपैयाँ  झापा जिल्लाको शरणामति खालिङ चोकदेखि जंगे पिलरसम्मका सडकसहित ३ वटा सडकका लागि प्रतिसडक २ करोड रुपैयाँका दरले रकमान्तर भएको छ। 

जेठ महिनामा रणनीतिक सडक पूनर्स्थापना तथा तथा सुधार आयोजनाको ८१ लाख ९३ हजार रुपैयाँ पनि झापा जिल्लाका विभिन्न कार्यक्रमका लागि विनियोजन भएको छ। सडक डिभिजन कार्यालय दमकमा पर्ने पाडाजुँगी-दमकको लागि २० लाख र दमक रिफ्यूजी क्याम्पका लागि ५ लाख ८ हजार रुपैयाँ रकमान्तर गरिएको छ।

मेची पुल काकरभिट्टा, नेपाल-भारत सीमा आयोजनालाई सडक डिभिजन झापामार्फत् १ करोड ३४ लाख रुपैयाँ रकमान्तर निकासा गरिएको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यसरी चालू आर्थिक वर्षको पछिल्लो तीन महिना अवधिमा मात्र झापाका विभिन्न सडक आयोजनाका लागि १ अर्ब ४० करोड रुपैयाँ बढी रकमान्तर भएको छ। जिल्लाभित्रका स-साना सडक विस्तार तथा मर्मत सम्भारका कार्यक्रमका लागि पनि केन्द्रबाटै रकमान्तर गरेर पैसा पठाइएको देखिन्छ।

प्रकाशित मिति: मंगलबार, असार ३, २०७६  २१:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु
कस्तो छ आजको मौसम?
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु शनिबार, कात्तिक ७, २०८३
कस्तो छ आजको मौसम? शनिबार, कात्तिक ७, २०८३
ट्रम्पको चेतावनी : इरानमाथि फेरि सैन्य आक्रमण हुन सक्छ शनिबार, कात्तिक ७, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
भारत भ्रमणले राजनीतिक सरगर्मी बढाएसँगै रविको स्पष्टोक्ति– जेलमा रहँदाको भाकल पूरा गर्न जाँदैछु शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्