• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक ९, २०८३ Mon, Oct 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

तनाव व्यवस्थापन गर्न स्वामी आनन्द अरुणका सुत्र

64x64
नेपाल लाइभ आइतबार, पुस ९, २०७४  १७:०८
1140x725

कुनै पनि यस्तो परिवर्तन जसले शारीरिक, मानसिक र भावनात्मक असुविधा पैदा गर्छ, यसलाई तनाव भनिन्छ । तनाव परिस्थितिस“ग कम तर त्यसप्रतिको हाम्रो प्रतिक्रियासँग बढी सम्बन्धित छ । एउटै परिस्थितिमा एक व्यक्ति अति तनावग्रस्त हुन सक्छ भने अर्को व्यक्ति शान्त भएर कुशलतापूर्वक काम गर्नसक्छ । त्यसकारण तनाव परिस्थितिजन्य कम र व्यक्तिपरक बढी हो । बाह्य परिस्थिति पूर्णतः हामीले चाहेजस्तो अनुकूल कहिल्यै पनि बन्न सक्दैन तर त्यसप्रतिको प्रतिक्रिया हाम्रो हातमा हुन्छ र तनाव व्यवस्थापनको यही नै मुख्य सूत्र हो । 

तनाव सधैं नकारात्मक भने हुदैन । एक हदसम्मको तनावले सजगता, प्रेरणा र कार्यदक्षता दिन्छ । तर, त्यसले सीमा नाघ्नासाथ तनावले अनेक प्रकारका शारीरिक, मानसिक र भावनात्मक समस्या खडा गरिदिन्छ । हाम्रोजस्तो अविकसित देशमा पर्याप्त चुनौती र प्रतिस्पर्धा नहुनु, कार्यसम्पादनको गुणवत्ताको कुनै मापदण्ड नहुनु, निश्चित लक्ष्यसम्म पुग्न निश्चित समय सीमा निर्धारण नहुनुले पनि मानिस अल्छी, लोसे र अप्रत्युत्पादक भएको देखिएको छ । उचित तनाव र प्रतिस्पर्धा नहु“दा हुने दुर्दशाको राम्रो उदाहरण सरकारका पूर्ण स्वामित्व भएका हाम्रा संस्थान र सरकारी कार्यालयहरू हुन् ।

मान्छेको जीवनमोह हरेक परिस्थितिमा पनि बा“च्न चाहने हुन्छ । आफ्नो ज्यानमाथिको खतरा, कतैबाट आक्रमण हुने डर, अस्वस्थता तथा असुरक्षाका कारण मानिस तनावग्रस्त रहन्छ । आर्थिक सुरक्षा मानिसको ठूलो समस्या हो । पारिवारिक आर्थिक आवश्यकता पूरा गर्न नसक्ने अवस्था भएमा पनि तनाव हुन्छ । महत्वाकाङ्क्षा तनावको अर्को ठूलो कारण हो । अति महत्वाकांक्षीहरू तनावकै कारण अनेक शारीरिक तथा मानसिक रोगबाट ग्रसित हुन्छन् ।

Ncell 2
Ncell 2
nimb
nimb

वरिपरिको वातावरणले पनि तनाव उत्पन्न गर्नसक्छ । हल्ला, साघुरो ठाउ, दूषित स्थान, भीडभाड र सधैं हुने दङ्गाले पनि तनाव हुन्छ । यो सहरी जीवनको एक अनिवार्य अभिषाप बनिसकेको छ । रसायनहरूको प्रयोगले पनि तनाव हुन्छ । क्याफिन, सुगर, अति नुनिलो खाना, धूमपान, लागूपदार्थ इत्यादिको सेवनले पनि तनाव उत्पन्न हुन्छ । यिनीहरूले केही क्षणका लागि फुर्तीको सञ्चार गराए पनि पछि शरीरभित्र रासायनिक तनावको स्थिति सिर्जना गर्छन् ।

बदलिदो सामाजिक परिवेशमा हुने पारिवारिक विखण्डन र असमझदारी पनि तनावको ठूलो कारण हो । काम गर्ने परिवेशमा भनसुन, सोर्स, सिफारिस, नातावाद, राजनैतिक पूर्वाग्रह र भ्रष्टाचारले गरी खाने मान्छेलाई तनावग्रस्त बनाइराखेको छ ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

तनाव व्यवस्थापन यस युगको अनिवार्यता भएर आएको छ । यससम्बन्धी धेरै अध्ययन, सभा सेमिनार, प्रयोग र साहित्य सिर्जना भइरहेका छन् । साधारणतः तनाव तथा नैराश्य हटाउन विभिन्न प्रकारका औषधि बजारमा प्रचलित छन्, जस्तै : ट्राइजेपाम टियाजोलाम, हेलोपेरिडोल इत्यादि । यी सबैको साइड इफेक्ट हुन्छ र अलिकति मात्रा फरक परेमा यो प्राणघातक पनि हुन सक्छ । लत लागे यिनीहरूलाई छोड्न लागूपदार्थ छोड्नभन्दा गाह्रो हुन्छ । जीवनशैलीमा परिवर्तन नै तनाव विसर्जनको एकमात्र निरापद उपाय हो। 

यसका लागि केही सुझावहरू यहा प्रस्तुत गरिएका छन् –

  •  प्राकृतिक आहारविहार, फलफूल, सादा शाकाहारी भोजन गर्ने, गुलियो र अति नुनिलो चिज नखाने । क्याफिन तथा बोतलबन्द पेयपदार्थ, फास्टफुड, जङ्कफुड नखाने, धूमपान र मद्यपानबाट बच्ने ।
  • एकमात्र शुद्ध पेयपदार्थ सादा पानी नै हो । त्यसका अरू विकल्प जस्तो कोक, फेन्टा, पेप्सी, बियर इत्यादिले तनाव घटाउने जस्तो देखिए पनि अन्ततः तनाव बढाउ“छन् । प्रतिदिन ३ देखि ५ लिटरसम्म सफा पानी पिउनु आवश्यक छ ।
  • चिया र कफीले पनि स्वस्थ निद्रामा बाधा गर्छन् । हृदय र नाडीको गति बढाउ“छन् र अन्ततः तनाव वृद्धिमा सहायक बन्छन् । कागती पानी या जडीबुटीको चिया चिया र कफीका राम्रा विकल्प हुन् ।
  • मानिसलाई दैनिक ७ घण्टाको निद्रा आवश्यक हुन्छ । छिटो सुत्नु र छिटै उठ्ने बानीले तनाव घटाउँछ ।
  • आफूलाई भौतिक, मानसिक कुरामा प्रतिकूल असर पार्ने कतिपय कुराको संलग्नताप्रति दृढतापूर्ण नाइ भन्न सिक्ने ।
  • ध्यान र योगाभ्यास तनाव विसर्जनमा सर्वाधिक लाभदायक हुन्छन् । नियमित ध्यानले अति तनावग्रस्त परिस्थितिमा पनि शान्त र सकारात्मक रहन सक्ने समझ र धैर्यको विकास हुन्छ । त्यसकारण ध्यान र योगाभ्यासले आज डाक्टरहरूको पे्रस्क्रिप्सनमा पनि ठाउ बनाइसकेका छन् । हालैका खोजले योग, पौडी र प्रकृतिमा टहल्नुलाई तनावबाट मुक्त हुने निरापद उपायका रुपमा लिएको पाइन्छ ।
  • ओशोले हास्य, नृत्य, योग, ध्यान र प्रेमलाई तनाव विसर्जन गर्ने महाऔषधि मानेका छन् । योग र ध्यान धेरै प्रचलित भएकाले यसका नाममा बजारमा चलेका मान्यताहरू सबै वैज्ञानिक छैनन् । प्रेम भन्नासाथ हाम्रो मनले यौन बुझ्छ । सम्यक् यौन पनि तनाव विसर्जनमा सहायक हुने चिकित्सकहरूको राय छ तर असन्तुलित यौन र प्रेमले सबैभन्दा बढी तनाव सिर्जना गर्छ । ‘सन्तुलित यौन र प्रेम कसलाई भन्ने?’ यो आफैमा एक विशद र विवादास्पद विषय हो । तर प्रकृतिको समीपको वातावरण र प्राकृतिक जीवनले मानिसलाई सन्तुलित बनाइरहन्छ, यो तनाव विसर्जनको राम्रो उपाय हो ।

प्रकाशित मिति: आइतबार, पुस ९, २०७४  १७:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इलाममा सवारी साधन दुर्घटनामा चालकको मृत्यु
धनुषामा गाँजाको पुरिया बनाई बिक्री गर्ने दुईजना पक्राउ
सीमान्तका आवाजलाई केन्द्रमा ल्याउँदै जुम्लामा साहित्य सम्मेलन
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
इलाममा सवारी साधन दुर्घटनामा चालकको मृत्यु सोमबार, कात्तिक ९, २०८३
धनुषामा गाँजाको पुरिया बनाई बिक्री गर्ने दुईजना पक्राउ सोमबार, कात्तिक ९, २०८३
सीमान्तका आवाजलाई केन्द्रमा ल्याउँदै जुम्लामा साहित्य सम्मेलन सोमबार, कात्तिक ९, २०८३
कार्टुन सोमबार, कात्तिक ९, २०८३
गोलबजारमा खैरो हेरोइनजस्तो पदार्थसहित दुई जना पक्राउ सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
खगेन्द्रले स्वीकार गरेनन् विवादित अडियो : थप प्रमाण खोज्दै रास्वपा, अडियो परीक्षणको तयारी आइतबार, कात्तिक ८, २०८३
पाकिस्तानी खेलाडीको एनपीएल सहभागिता अन्योलमा आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्