काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले द्वन्द्वपीडितलाई न्याय दिन ढिलाई नगर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
नेता सिटौलाले द्वन्द्वकालका घटनाका दोषीमाथि तत्काल कारबाही नगर्ने हो भने मुलुक पुनः अर्को द्वन्द्वमा फस्ने चेतावनीसमेत दिए।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता सिटौलाले भने, 'विस्तृत शान्ति सम्झौंता कार्यान्वयनमा ल्याउन सरकारले ध्यान केन्द्रित गर्नुपर्छ।'
कार्यक्रममा बोल्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराईले राजनीतिक सहमतिको आधारमा द्वन्द्वकालीन न्याय निरुपण गर्न सरकार लागि परेको बताएका थिए।
नेता भट्टराईले नेपालको संक्रमणकालीन न्याय निरुपणको काम सम्पन्न गर्न नेपाल आफैं सक्षम रहेको दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।