काठमाडौं- मंगलबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) विवादित गुठी विधेयक सरकारद्वारा फिर्ता, थप छलफल र परामर्श आवश्यक रहेको भूमिसुधार मन्त्री अर्यालको भनाइ
२) कांग्रेसको अवरोधका कारण मंगलबारको प्रतिनिधिसभाको बैठक प्रभावित, प्रधानमन्त्रीद्वारा पत्रकार सम्मेलन, कांग्रेसले बोल्न नदिएर अमर्यादित व्यवहार देखाएको टिप्पणी
३) बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण कार्य इपिसिएफ मोडलमा गर्नेे सरकारको तयारी, राष्ट्रिय हितलाई केन्द्रमा राखेर अघि बढ्ने ऊर्जा मन्त्रीको भनाइ ।
४) युरोपेली फुटबल संघका पूर्व अध्यक्ष मिचेल प्लाटिनी पक्राउ, २०२२ को विश्वकप आयोजनाको जिम्मेवारी दिने क्रममा भ्रष्टाचार गरेको आरोपमा छानबिन सुरु
५) र,अदालतमा बयान दिने क्रममा इजिप्टका पूर्व राष्ट्रपति मोहम्मद मुर्सीको निधन, हिंसा भड्किन सक्ने आशंकामा इजिप्टमा उच्च सुरक्षा व्यवस्था अपनाइयो
पूरा समाचार भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।