• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

पोखरास्थित फूलबारी रिसोर्टकै नियति भोग्यो होटल हायातले

के थियो मजदुर विवादको जरो?
64x64
नेपाल लाइभ बुधबार, असार ४, २०७६  ०५:४५
1140x725

काठमाडौं– 'विश्वकै उत्कृष्ट मध्येको एक होटल' थिममा रहेर सन् १९९८ (२०५५) मा पोखरामा खुलेको थियो, पाँचतारे होटल फूलबारी रिसोर्ट। तर, सञ्चालनको २० वर्षपछि २०७४ भदौ २४ गतेदेखि होटल औपचारिक रुपमा बन्द भयो। जसको एक मात्र कारण थियो, मजदुर विवाद।

अन्तर्राष्ट्रिय स्तरको मापदण्ड अनुसार कर्मचारुलाई सेवासुविधा उपलब्ध गराउन नसक्दा बन्द भएको होटल हालसम्म पनि सञ्चालनमा आउन सकेको छैन। 

फूलबारी छोटो समयमै पर्यटकको आकर्षणमा परेको थियो। तर व्यवस्थापकीय पक्षको कमजोरीका कारण मजदुर विवाद झेल्न नसकी बन्द हुन पुग्यो।

२०६२/६३ को जनआन्दोलनपछि आर्थिक संकटको चपेटामा परेको फूलबारीले कर्मचारीलाई सामान्य सेवासुविधा समेत उपलब्ध गराउन सकेन। कर्मचारी विवादले चर्को रुप लिँदै गएपछि १ सय १७ कर्मचारी आन्दोलनमा उत्रिए। न्यूनतम तलबभत्ता, स्वास्थ्य बिमा, उपचार खर्च लगायत केही पनि सेवासुविधा नपाएको उनीहरुको गुनासो थियो।

३ अर्बभन्दा बढी लगानीमा सञ्चालित फूलबारी बिस्तारै घाटामा जान थालेपछि व्यवस्थापनले कर्मचारीलाई सेवासुविधा उपलब्ध गराउन असमर्थ बनेको बताएको थियो। अन्तत: १ सय १७ कर्मचारीलाई एकै पटक अवकाश दिँदै व्यवस्थापनले होटल बन्दको निर्णय गर्‍यो।

फूलबारी रिसोर्ट। तस्बिर : tourismmail.com

जुन नियति पोखराको फूलबारीले भोग्यो, ठ्याक्कै त्यही नियतिबाट गुज्रँदै काठमाडौंको होटल हायात बन्द हुन पुगेको छ। 

सरकारी लगानीसमेत रहेको पाँचतारे होटल हायातले सोमबार अनिश्चितकालका लागि बन्द भएको विज्ञप्तिमार्फत जानकारी गराइसकेको छ।

तारागाउँस्थित होटल हायातमा १५ करोड बराबर जग्गा तथा अन्य भौतिक संरचनाबाट २ करोड गरी जम्मा १७ करोड अर्थात् ३९ दशमलव ७७ प्रतिशत सेयर लगानी रहेको व्यवसायीहरुले बताएका छन्। होटल व्यवसायीहरु राधेश्याम सरार्फ र दिनेशलाल श्रेष्ठको डिजाइनमा सञ्चालित होटल हायात ३ अर्बभन्दा बढी लागतको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

पछिल्लो विवादको जरो
होटल हायातले श्रम ऐन अनुसारका सेवासुविधा उपलब्ध गराउन आनाकानी गरेको भन्दै जेठ ३० देखि मजदुर हडतालमा उत्रिए। आन्दोलन चर्किंदै गएपछि पनि व्यवस्थापनले कर्मचारीका माग पूरा गर्न आनाकानी गरिइरह्यो। अन्तत: सोमबारदेखि होटल अनिश्चितकालका लागि बन्द भएको छ।  

सोमबार नै नेपाल स्टक एक्सचेन्ज नेप्सेलाई समेत पत्राचार गर्दै व्यवस्थापन पक्षकले बन्द भएको घोषणा गरेको हो। होटलमा रहेका विदेशी पर्यटकलाई अन्यत्रै सारी होटलमा ताला लागिसकेको छ। 

होटलमा कार्यरत अखिल नेपाल होटल, क्यासिनो तथा रेस्टुराँ मदुर संगठनको हडतालका कारण होटल बन्द गराएको होटलले लेखेको पत्रमा उल्लेख छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सञ्चालित होटल हायातले कर्मचारीहरुका सामान्य सेवासुविधाका मागलाई समेत सम्बोधन गर्न  नसकेपछि कर्मचारी विवाद चर्किएको थियो। होटलका एचआर कोअर्डिनेटर सुरेश केसी भने कर्मचारीले अनावश्यक माग राखेर व्यवस्थापन पक्षलाई नै घुँडा टेकाउन लागिपरेकाले बन्द गर्न बाध्य रहेको बताउँछन्। 

‘होटल सञ्चालनमा ल्याउन नै समस्या परेपछि बन्दको कुनै विकल्प रहेन। हामीले यस्ता अनावश्यक माग पूरा गर्न सक्दैनौं,' नेपाल लाइभसँग उनले भने, 'युनियनको दबाबमा अनावश्यक रुपमा कर्मचारीहरुलाई उचालिएको छ, जहिलेसम्म बन्द गर्नुपर्छ ताला नै लगाएर राख्छौं, तर अनावश्यक माग पूरा गर्न सक्दैनौं।’

होटलको लगानी तथा आम्दानीका आधारमा कर्मचारीहरुको माग सम्बोधन गर्न सक्ने अवस्था नरहेको होटलले बताउँदै आएको छ। विदेशी (भारतीय) कामदार ल्याई नेपाली कामदारलाई प्रतिस्थापन गर्न खोजिएको र हेपाहा प्रवृत्ति देखाउने गरेको बताउँदै आएका छन्।

लामो समयदेखि होटलले कर्मचारीहरुलाई काममा लगाउने तर ग्रेड वृद्धि लगायत सेवासुविधा उपलब्ध गराउन आनाकानी गरेको भन्दै कर्मचारीहरु आन्दोलनमा उत्रिएका थिए।

अखिल नेपाल होटल, क्यासिनो तथा रेस्टुराँ मजदुर संघका केन्द्रय महासचिव तथा आधिकारिक ट्रेड युनियनका अध्यक्ष मुक्ति दाहालले होटलले अटेरी गरेपछि आन्दोलनमा उत्रिनुपरेको बताए। ‘हामीले श्रम कार्यालय टेकुमा उजुरी दियौं, उजुरीका सम्बन्धमा श्रम अदालतबाट फैसला समेत भयो,' उनले भने, 'तर कार्यान्वयन भएन। व्यवस्थापन पक्षले भोलिभोलि भन्दै कर्मचारीलाई झुलाउने काम गर्‍यो।’ 

२०७३ देखि नै मजदुर विवाद
होटल हायातमा निकै लामो समयदेखि नै मजदुर विवाद रहँदै आएको थियो। होटलको आधिकारिक ट्रेड युनियनले होटल हायातमा काम गर्ने कर्मचारीले श्रम ऐन तथा सम्झौता अनुसार सेवा सुविधा नपाएको भन्दै श्रम कार्यालय टेकुमा उजुरी दिएका थिए। 

सो विवाद श्रम कार्यालय टेकुमा समाधान हुन नसकेपछि ०७३ मंसिर ७ गते आधिकारिक ट्रेड युनियनले श्रम अदालतमा होटलविरुद्ध मुद्दा दर्ता गराएको थियो। ०७५ बैसाख २० गते कर्मचारीहरुलाई श्रम ऐन तथा सम्झौता अनुसार सेवा सुविधा उपलब्ध गराइनुपर्ने भन्दै श्रम अदालतले फैसला सुनाएको थियो। 

अदालतमा होटलविरुद्ध कर्मचारी तथा आधिकारिक ट्रेड युनियनले पटकपटक मुद्दा दर्ता गराउँदै आइरहेको अदालतका रजिस्ट्रार जीवन भण्डारीले जानकारी दिए। 

आवश्यक सेवा सुविधा नदिई कामबाट निष्कासन गरिएको भन्दै होटलविरुद्ध पटकपटक मुद्दा परेका छन्। केही मुद्दा अझै विचाराधीन रहेको अदालतले जनाएको छ। ०७५ बैसाख २० गतेको अदालतको फैसला कार्यान्वयन नभएको भन्दै फेरि पनि श्रम कार्यालयमा आधिकारिक ट्रेड युनियनले मुद्दा दायर गरेको थियो। 

मुद्दा दर्तापछि दुईपक्षीय छलफलका लागि श्रम कार्यालयले होटल व्यवस्थापन पक्ष र मजदुर संगठनलाई बोलाएको थियो। ०७६ बैसाख ९ गते होटल व्यवस्थापन पक्षका रामकृष्ण संगत, सुरेशकुमार केसी र वासुदेव रिजाल र मजदुर संगठन आधिकारिक ट्रेड युनियनका तर्फबाट मुक्ति दाहाल, हेमबहादुर पण्डित कृष्णहरि बजगाइँ लगायतको उपस्थितिमा छलफल भएको थियो। उक्त छलफलमा मजदुरका सम्बन्धमा ट्रेड युनियन र होटलको व्यवस्थापन पक्षबीच विभिन्न समयमा भएको त्रिपक्षीय सम्झौता (सिबिए) सम्बन्धमा प्रतिष्ठानमै दुवै पक्ष बसी छलफल गर्ने र श्रम कार्यालयलाई लिखित जवाफ पेस गर्ने निर्णय भएको थियो। 

तर त्यसपछि होटलको लिखित जवाफ नआएको श्रम कार्यालयले जनाएको छ। कर्मचारीहरुका सम्बन्धमा होटल व्यवस्थापन पक्षको यही बेवास्तापछि कर्मचारीहरु आन्दोलनमा उत्रिएका थिए। 

यस्ता छन् कर्मचारीका माग
श्रम ऐन अनुसार पारिश्रमिक लगायत सेवा सुविधा उपलब्ध गराइनु पर्ने कर्मचारीहरुले माग राखेका छन्। समान स्केलका स्वदेशी विदेशी सबै कामदारको समान ज्याला हुनुपर्ने, स्वदेशमै दक्ष जनशक्ति हुँदाहुँदै विदेशी कामदार नियुक्त गर्न नपाउने, सम्पूर्ण मजदुर कर्मचारीलाई समान व्यवहार गरिनुपर्ने, हाल विद्यमान रहेको ९ प्रतिशत वार्षिक तलब वृद्धिदरलाई बढाई १५ प्रतिशत वार्षिक वृद्धिदर कायम गर्नुपर्ने, एउटै पदमा ५ वर्ष वा सोभन्दा बढी काम गरेका कर्मचारीको स्वतः पदोन्नति हुनुपर्ने, यस्ता कर्मचारीहरुलाई वार्षिक ५ हजार तलब बृद्धि गरिनुपर्ने उनीहरुको माग छ।

होटल हायातमा ३ सयभन्दा बढी नेपाली कर्मचारीका साथै भारतीय कर्मचारी पनि कार्यरत थिए। 

यसभन्दा अगाडि ०७२ सालमा बानेश्वरस्थित पाँचतारे होटल एभरेष्ट पनि लगानी विवादका कारण बन्द भएको थियो। होटल बन्द भएसँगै सयौंको संख्यामा मजदुरको रोजगारी गुमेको थियो। सो होटल हालसम्म पनि सञ्चालनमा आउन सकेको छैन। 

सम्बन्धित समाचार:
होटल हायात अनिश्चितकालका लागि बन्द

मजदुर विवादका कारण ५ दिनदेखि होटल हायात बन्द, व्यवस्थापन भन्छ– माग पूरा गर्न सक्दैनौं 

होटल हायातका कर्मचारीको आन्दोलन झनै चर्कियो, व्यवस्थापन भन्छ– युनियनको दबाबमा चल्दैनौं

होटल हायातका कर्मचारी आन्दोलनमा, आज दिनभर सम्पूर्ण काम ठप्प  

प्रकाशित मिति: बुधबार, असार ४, २०७६  ०५:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु
कस्तो छ आजको मौसम?
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु शनिबार, कात्तिक ७, २०८३
कस्तो छ आजको मौसम? शनिबार, कात्तिक ७, २०८३
ट्रम्पको चेतावनी : इरानमाथि फेरि सैन्य आक्रमण हुन सक्छ शनिबार, कात्तिक ७, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
भारत भ्रमणले राजनीतिक सरगर्मी बढाएसँगै रविको स्पष्टोक्ति– जेलमा रहँदाको भाकल पूरा गर्न जाँदैछु शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्