भैरहवा- जिल्ला प्रहरी कार्यालय रुपन्देहीले हतियारसहित एक जना भारतीय नागरिकलाई प्रक्राउ गरेको छ।
प्रहरीले भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट मेड ईन चेकोस्लोभाकिया लेखेको पेस्तोल र उक्त पेस्तोलमा लाग्ने १६ राउन्ड गोली (२ म्याग्जिन सहित) भारत लखनउका ५० वर्षिय उमेश शुक्लालाई पक्राउ गरेको हो।
दिउँसो १ बजेको बुद्धएयरको उडानद्धारा पोखरा जान टिकट काटेका भारतको कृष्णनगर, मानसनगर, लखनउ उतर प्रदेश ठेगाना बताउने शुक्लाको झोला विमानस्थलको एक्सरे मेसीनमा चेक गर्दा पेस्तोल रहेको थाहा पाएपछि उनलाई नियन्त्रणमा लिएको रुपन्देही प्रहरी प्रवत्ता डिएसपी धर्मराज भण्डारीले जानकारी दिए।
शुक्लामाथि थप अनुसार जारी रहेको प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।