कपिलवस्तु- कपिलवस्तुको सुरई खोलामा पौडी खेल्ने क्रममा डुबेर ३ युवाको मृत्यु भएको छ।
जिल्लाको पश्चिमी क्षेत्रको शिवराज नगरपालिकाको सुरई खेलामा पौडी खेल्न गएका छिमेकी विजयनगर गाउँपालिका- ६ का ३ युवाको मंगलबार दिउँसो डुबेर मृत्यु भएको स्थानीयले जानकारी दिएका छन्।
स्थानीयका अनुसार मृत्यु हुनेमा गौरा भट्टराईका छोरा आशिक भट्टराई, कमला भुसालका छोरा निराजन भुसाल र माया सुनारका छोरा सुमित सुनार रहेका छन्।
तीन जनाको उमेर १८ वर्षदेखि २२ वर्षका रहेको घटना स्थलमा रहेका प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।