नयाँ दिल्ली (एजेन्सी)– फिल्म ‘केदारनाथ’ बाट बलिउडमा प्रवेश गर्न लागेकी सैफ अली खानकी छोरी सारा अली खानको पहिलो फिल्म नै नआउने सम्भावना बढेको छ।
फिल्म रिलिज हुनुअघि नै निर्माता र निर्देशकबीच खटपट सुरु भएको खबर विभिन्न सञ्चार माध्यमले जनाएका छन्। फिल्मसँग जोडिएका व्यक्तिहरूले जनाएअनुसार निर्देशक अभिषेक कपुर र निर्माता प्रेरणा चोपणाबीच फिल्म रिलिजको तारिखबारे मतभेद भएको हो।
फिल्मको सेटको लागि मात्र ७ करोड भारु खर्च भएको थियो। फिल्ममा सारासँगै सुशान्त सिंह राजपुतले पनि अभिनय गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।