मुम्बई (एजेन्सी)– बलिउडका ‘दबंग’ सलमान खानको फिल्म ‘टाइगर जिन्दा हे’ ले रिलिजको पहिलो साता नै एक सय करोड क्लबमा प्रवेश गर्ने बताइएको छ। अली अब्बास जाफरले निर्देशन गरेको यो एक्सन फिल्मको पहिलो दिनकै कमाइ ३३ दशमलब ७५ करोड पुगेपछि निर्माता निकै उत्साहित देखिएका छन्।
शुक्रबार एकैचोटि ४ हजार ६ सय स्क्रिनमा फिल्म प्रदर्शन भएको थियो। पुनः एक पल्ट कैटरिना कैफसँग देखा परेका सलमानको जादु बक्स अफिसमा देखिएको फिल्म समीक्षकले बताएका छन्। यो फिल्म २०१२ मा रिलिज भएको ‘एक था टाइगर’ को सिक्वेल हो।
फिल्मको सुटिङ मोरक्को र ग्रिसमा गरिएको थियो। ‘टाइगर जिन्दा हे’ को एक दिनको कमाइ ‘बाहुबली–२’ पछि ठूलो भएको बताइएको छ। ‘बाहुबली’ले पहिलो दिन ४० दशमलब ७५ करोड कमाइ गरेको थियो। यसपछि ‘गोलमाल अगेन’ले ३० दशमलब १४ करोड आम्दानी गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।