काठमाडौं– गैंती प्रहार गरेर श्रीमतीको हत्या गर्ने एक जनालाई जिल्ला प्रहरी कार्यालय डोटीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा डोटीको दिपायल सिलगढी नगरपालिका–३, सुनार टोल बस्ने ४० वर्षीय 'तिखे' भनिने कृष्ण नेपाली छन्। उनले श्रीमती ३६ वर्षीया मिना नेपालीलाई धारिलो हतियार गैंती प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ।
उनले श्रीमतीलाई गैंती प्रहार गरी गम्भीर घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय डोटी र इलाका प्रहरी कार्यालय दिपायलबाट संयुक्तरुपमा खटिएको प्रहरीले नेपालीलाई सोमबार राति पक्राउ गरेको हो।
घाइते अवस्थमा फेला परेकी मिनाको उपचारको लागि नेपाल प्रहरी अस्पताल दिपायलतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।