काठमाडौं– उदयपुरको चौदण्डीगढी नगरपालिका–६, खोला टोलस्थित खेतबाट सोमबार राति प्रहरीले ९ थान बेवारिसे गोली बरामद गरेको छ। फेला परेको गोली पेस्तोलको ७ राउन्ड र एसएलआरको २ राउन्ड भएको प्रहरीले जनाएको छ।
उक्त खेतमा शंकास्पद वस्तु रहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गोली फेला पारिएको हो।
गोली कहाँबाट आयो भन्नेबारे केही खुल्न सकेको छैन। उक्त क्षेत्रमा विप्लव समूहको गतिविधि बाक्लो हुने गरेकाले प्रहरीले विप्लव समूहले नै राखेको हुनसक्ने आशंका गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।