काठमाडौं– आइसिसी टी–२० विश्वकपको एसिया क्षेत्र फाइनलका लागि २५ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ। सिंगापुरमा अर्को महिना हुने खेलमा कप्तान पारस खड्काको नेतृत्वमा २५ सदस्यीय प्रारम्भिक टोली घोषणा गरिएको हो।
टोलीमा प्रदीप ऐरी, राजु रिजाल र जितेन्द्र मुखियाले कमब्याक गरेका छन्। नन्दन यादव भने पहिलो पटक टिममा परेका हुन्।
कोको छन् टिममा?
- पारस खड्का (कप्तान)
- ज्ञानेन्द्र मल्ल
- बसन्त रेग्मी
- दीपेन्द्र सिंह ऐरी
- सन्दीप लामिछाने
- अभिनाश बोहरा
- अमित श्रेष्ठ
- विनोद भण्डारी
- शरद भेषावकर
- सोमपाल कामी
- करण केसी
- जितेन्द्र मुखिया
- ललित नारायण राजवंशी
- ललित भण्डारी
- आरिफ शेख
- कुशल भुर्तेल
- भीम सार्की
- पवन सर्राफ
- राजु रिजाल
- प्रदीप ऐरी
- रोहितकुमार पौडेल
- सन्दीप जोरा
- शहाब आलम
- सुशान भारी
- नन्दन यादव
- उमेश पटवाल (मुख्य प्रशिक्षक)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।