काठमाडौं- शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्रका लागि दरखास्त आह्वान गरेको छ।
आयोगले सोमबार विज्ञापन प्रकाशन गरी प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहमा अध्यापन अनुमति पत्रका लागि दरखास्त आह्वान गरेको हो।
दरखास्त अनलाइनमार्फत पनि दिन सकिने छ। त्यसका लागि आयोगको वेबसाइट (www.tsc.gov.np) मा गरेर आवेदन गर्न सकिने छ।
दरखास्त दिने मिति यही असार २२ गतेसम्म छ।
त्यसपछि थप ७ दिन अर्थात २९ गतेसम्म दोब्बर दस्तुर तिरेर आदेवन दिन सकिने आयोगले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।