काठमाडौं- सोमबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) भारतबाट नेपाल प्रवेश गर्ने गाडी जाँच नगर्नु भन्दै गृहले काट्यो पत्र, गृहको कदमले तस्करीलाई बढवा दिने प्रहरीको निष्कर्ष ।
२) लोकसेवा आयोगले स्थानीय तहका लागि गरेको विज्ञापनविरुद्ध सर्वोच्च अदालतमा एकपछि अर्को मुद्दा दायर हुदै, केही सिट आरक्षण हुनुपर्ने जिकिर गर्दै चौथो पटक पर्यो रिट ।
३) भूमिसम्बन्धि विधेयकले सुकुम्बासी समस्या समाधान नगर्ने विज्ञहरुको दाबी, घरबासको तत्काल व्यवस्था हुने गरी कानुन बनाउन सरकारसँग माग
४) कोपा अमेरिकाको आज विहान भएको खेलमा उरुग्वेद्वारा इक्वेडर पराजित, कतार र पाराग्वे बराबरीमा
५) र, प्रधानमन्त्री मोदीले लिए लोकसभा सदस्यको सपथ, अस्थायी सभामुख विरेन्द्र कुमारले गराए मोदीलाई सपथ
पूरा समाचार भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।