नयाँ दिल्ली– आसामका १८ वर्षीय वीर राधा शेर्पा डान्स च्याम्पियन भएका छन् । स्टार प्लसको चर्चित रियालिटी शो ‘डान्स च्याम्पियन’ जितेको खबर कार्यक्रम प्रशारण हुनुअघि नै बाहिरिएको हो । कार्यक्रम भने आइतबार मात्रै प्रशारण हुने भएको छ। रेमो डिसुजा र टेरेस लुइस निर्णायक रहेको उक्त कार्यक्रममा उनको प्रतिभाको तारिफ सुरुदेखि नै भएको थियो।
नेपालीभाषी शेर्पाले जितेको यो रियालिटी शोको उत्कृष्ट १० मा एक नेपाली युवा सुशान्त खत्री पनि परेका थिए । उनी बाहेक फैजल खान, एमजे ५ समूह, वैष्णवी पाटिल र पियुष भगत पनि फाइनमा पुगेका थिए । शेर्पाले चार महिनाअघि डान्स प्लस थ्रीको उपाधि पनि जितेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।