काठमाडौं– वेस्टइन्डिजका दुई भरपर्दा खेलाडि बंगलादेशका बलरसामु निरिह बनेका छन्। ओपनर तथा अनुभवी ब्याट्सम्यान क्रिस गेल र छैटौं नम्बरमा ब्याटिङ गर्न पुगेका आन्द्रे रसेल रन नै जोड्न नसकेर पेभेलियन फर्किए।
क्रिस गेल १३ बल खेलेर मोहम्मद सैफउद्दीनको बलमा शुन्यमै बाहिरिए।
राम्रो रनरेट सहित खेलिरहेको वेस्टइन्डिजको विजयी पक्का गर्न सक्ने अनुमान गरिएका रसेल दुई बल खेलेर शुन्यमै आउट भए। उनलाई मुस्ताफिजर रहमानले मुस्ताफिकर रहिमबाट क्याचआउट गरे।
यद्यपी वेस्टइन्डिजको सम्भावना कायम छ। बयाट्सम्यान इ लेविसले ६७ बलमा ७० रन जोडेर टिमको अपेक्षा कायम राख्दै बाहिरिए। एसडी होप १०८ बलमा ८६ रन जोडेर खेलिरहेका छन्। एन पुरनले २५ रनको योगदान दिए भने जे ओ होल्डर १२ बलमा २७ रन जोडेर खेलिरहेका छन्।
वेस्टइन्डिजले ४३ ओभरमा ५ विकेट गुमाउँदै २ सय ७४ रन बनाइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।