काठमाडौं- नेपाल आएर काम गर्न चाहने भारतीय नागरिकलाई श्रम स्वीकृतिको व्यवस्था गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।
अधिवक्ता दिपकराज जोशीले भारतीय कामदारले पनि अनिवार्य श्रम स्वीकृती लिनुपर्ने जिकीर गर्दै सोमबार सार्वजनिक सरोकार अन्तर्गतको रिट दर्ता गराएका हुन्। श्रम स्वीकृति बिना नै काम गर्दा अरबौँ नेपाली रकम भारत गएकाले त्यसलाई रोक्नु पर्ने रिटमा उल्लेख छ।
भारतीय नागरिकहरुले नेपालमा आएर विना श्रम स्वीकृति काम गरिरहेका छन्।
यसरी भारतीय नागरिकहरुले श्रम स्वीकृति बिना नै नेपालमा काम गरिरहेको भेटिएको भन्दै सर्वोच्चमा रिट निवेदन दर्ता भएको छ।
सरकारले नेपाली कामदारलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न पहल गरिरहेको परिप्रेक्ष्यमा भारतीय नागरिकहरुलाई नेपाली श्रम बजारमा कडाइ गरि अनिवार्य श्रम स्वीकृतिको व्यवस्था गरिनुपर्ने निवेदनमा उल्लेख छ।
भारतीय नागरिकहरु नेपालमा आई श्रम स्विकृति बिना नै काम गर्नु आम बेरोजगार नेपालीहरुसँग प्रत्यक्ष जोडिएको विषय भएको रिटमा उल्लेख छ।
नेपालको संविधानको धारा ३३ मा नेपाली नागरिकको लागि रोजगार सम्बन्धि हकको व्यवस्था भएको तर भारतीयले श्रम स्वीकृति बिना काम गर्दा सो हक कमजोर भएको जिकीर रिटमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।